Monday, August 28, 2017

जब दुबईमा यिनको १२ सयको तलब बढेर एक वर्षभित्रै ५५ सय दिराम पुग्यो … हेर्नुहोस कारण यस्तो रहेछ।।।


मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु । मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ । काठमाडौको मुनड्रप्स म्यानपावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ । पढाईतिर ब्यस्त भएकाले मैले चासो पनि दिइन उताबाट पनि कुनै प्रतिक्रिया आएन ।

एक वर्षपछि एक्कासी फोन आयो, दुबईको सेको कम्पनीबाट होटल वेट्रेसको डिमान्ड आएको रहेछ । जानका लागि कत्ति पनि खर्च नलाग्ने र खान बस्न पनि पाइने रहेछ । मैले वेट्रेसमा जान्न भनें । म्यानपावरका मोहित थापाले अफिसमा नै बोलाउनुभयो । उहाँले मलाई सबै कुरा बताउनुभयो । त्यहाँको पुरै भिजुअल पनि देखाउनुभयो । त्यहाँ रक्सी खान नपाइने रहेछ, केटी मान्छेलाई सुरक्षित पनि रहेछ । मेरो आर्थिक अवस्था पनि निकै कमजोर भइसकेको थियो । यसो सोच्दा ठिकै जस्तो लाग्यो । मैले खर्च कति लाग्छ भनेर सोधें ।

उहाँले पैसा लिँदैनौं भन्नुभयो । म त्यतिबेला बिबिएस तेस्रो वर्षको परीक्षा दिएर बसेकी थिएँ ।आर्थिक अवस्था कमजोर भएकाले मैले विदेश नै जाने निर्णय गरिसकेको थिएँ । बरु त्यहाँ गइसकेपछि कसरी सुरक्षित हुन सक्छु भन्ने मात्रै सोचें । मेरो सुरक्षाका लागि म्यानपावर र काम दिने कम्पनीले के के गर्छ भन्ने पनि बुँझे । हामी ८ जना सँगै गएका थियौं । मैले कम्पनीलाई जम्मा १० हजार दिएको थिएँ । मसँगै जाने अरु साथीहरुसँग भने कम्पनीले ८०/९० हजारसम्म लिएको रहेछ ।

मैले धेरै कुरा बुझ्न खोजेको शैक्षिक योग्यता पनि राम्रो भएकाले मसँग पैसा नलिएको थाहा पाएँ ।त्यहाँ गइसकेपछि हाम्रो काम र तलबमा फरक भने परेन । ८ घण्टा काम र १२ सय दिराम तलब दिने भनिएको थियो । गएको तीन दिनमा मलाई सुपरभाइजरले बैंकेट हलमा लिएर जानुभयो । त्यहाँ सर्भिस गर्ने क्रममा गेस्टहरु निस्किसक्नुभएको थियो, दुई/तीनजना मात्रै हुनुहुन्थ्यो । त्यो समय रमादानको थियो । दुबईको पे्रसिडेन्टले रमादानको शुभकामना दिएको दृश्यहरु टेलिभिजनमा देखाइएको थियो । मैले त्यतिबेला झलक्क आफ्नो देश सम्झिएँ ।

टिभी हेर्न पाउँदिन भन्ने मलाई थाहा थिएन । त्यतिबेला एक जना महिलाले मलाई हातले इसारा गर्नुभयो । तर मैले उहाँको इसारा बुझिन र बाहिर निस्किएँ । तर उहाँले सेक्युरिटी मेनेजर समक्ष मेरो बारेमा कम्प्लेन गर्नुभएछ । उहाँले त्यो टिभी अघिको केटा मान्छे आफ्नो श्रीमान भएकाले त्यता नहेर भन्नुभएको रहेछ । त्यो थाहा पाएर मलाई दुख लाग्यो । सेक्युरिटी म्यानेजरले ड्युटीमा हुँदा टिभी हेर्न हुँदैनथ्यो, अब सरी भन भन्यो र म सरी भनेँ । त्यहाँको नियम पनि नराम्रो होइन ।

टिभी हेर्दा मैले जुन आरोप खेपेँ त्यहाँबाट मैले शिक्षा पनि पाएँ । कतिपय अवस्थामा घर मालिक र हाउसमेडबीच द्वन्द्व पनि यही कारणले हुँदो रहेछ ।मीलाई ड्युटी आवरमा पत्रपत्रिमा पढ्ने, टिभी हेर्ने छुट थिएन । ड्युटी सकिएपछि भने टिभी हेर्न पाउँथ्यौं । बस्ने ठाउँमा नै टिभी थियो । हामी विभिन्न देशका मानिसहरु सँगै बस्थ्यौं । म समाचारमा अलि अपडेट हुन चाहन्थें । मलाई चाँही नेपालमा समाचारमा पढेको जस्तो महिलाहरु खाडी देशमा कसरी असुरक्षित हुँदा रहेछन् भन्ने कुरा जान्न मन लाग्यो ।

काम गर्दागर्दै पढेर एमबिए पास गरेँ मैले त्यहाँ पत्रिका लुकाएर राति सुत्ने बेलामा पढ्थेँ । त्यहाँ एउटा विज्ञापन देखेँ । जागिर खाइरहेकाहरुले पनि पढ्न पाउने व्यवस्था थियो । मैले त्यहाँ गएर एमबिए भर्ना भएँ । पहिल्यै काम गरिरहेकाहरुले मलाई पागल भने । मैले त्यहीको अर्को इन्ष्टिच्यूटमार्फत एमएस विश्वविद्यालय एमबिए पास गरेकी हुँ ।

बिहीबार राति ३ बजेसम्म ड्युटी गरेर शुक्रबार विहान क्लास लिन जान्थें । शुक्रबार एक दिनमात्रै क्लास हुन्थ्यो । कलेज जान २ वटा बस फेरेर जानुपर्थ्यो । शुक्रबार सबै नमाज पढ्न जान्थे । पसलहरु पनि बन्द हुन्थ्यो । ट्याक्सी चढ्न क्षमता थिएन । म त्यो गर्मीमा आधा घण्टा हिँडेर जान्थें ।

पानी समेत नपिइ बस स्टेशनसम्म जान्थें । म अचेत अवस्थामा बसमा पुग्दा ड्राइभरहरुले पानी किनेर समेत खुृवाएका छन् । त्यो अवस्थामा पनि मैले पढ्न छोडिन । तर कलेज पढ्न थालेको तीन/चार महिनामै मेरो प्रमोशन भयो । १२ सयको तलब बढेर एक वर्षभित्रै ५५ सय दिराम पुग्यो । अहिले म गैर आवासीय नेपाली संघ (एनआरएन) महिला सब कोअर्डिनेटर पनि हुँ । मैले कुवेत र ओमनको भ्रमण गरेको छु ।

दुबईमा हामी हरेक शुक्रबार हाउसमेड महिलाहरुसँग कुरा पनि गर्थ्यौं । उहाँहरुको समस्या बुझेर समाधानको पहल पनि गरेका छौं । विदेश गएका नारीलाई नेपालमा राम्रो दृष्टिकोणले हेरिदैन । यसले महिलाहरुलाई धेरै नै अवसरबाट बञ्चित गरेको छ । मैले पनि धेरै कुरा सोचें कि समाजले मलाई यो भन्छ, त्यो भन्छ भनेर । मलाई पछाडि हटाउन खोज्ने मेरै समाज हो । तर अहिले म मेरो समाज  भन्दा धेरै अघि बढिसकेको छु । त्यसैले तपाईंलाई समाजले अघि बढ्नबाट रोक्न खोज्छ भने त्यसको बेवास्ता गर्नुस् ।

आफै सचेत भए दुख पाइदैन विदेशमा काम गर्न जाँदा कतिपय कुराहरु नेपालबाट जाँदैमा दिदी बहिनीले सुधार्नुपर्ने हुन्छ भने कतिपय कुरा चाँही आफ्नो काबु बाहिरको हुन्छ । हामी जसरी प्रस्तुत हुन्छौं, हामीले पाउने व्यवहार पनि त्यस्तै हुन्छ । उहाँहरुले लगाउने पोशाकले पनि कहिलेकाँही समस्या ल्याउँछ । साउदी, कतारमा त बुर्का अनिवार्य छ । अभद्र ड्रेस लगाउँदा केटाहरु आकर्षण हुने जस्तो देखिन्छ । कतिपय दिदी बहिनीहरुले घरबेटीलाई खुशी पार्न पाए मेरो प्रमोशन हुन्थ्यो भनेर पनि त्यस्तो गरेको देखिन्छ ।

घरमा काम गर्ने र मालिक एउटै बन्द कोठाभित्र हुँदा सानो कुरामा पनि छिटो रिसाइदिन्छौं । हामीले केही सहनुपर्छ । त्यसरी घरबाट निस्किँदा बाहिरी व्यक्तिबाट आक्रमणमा पर्ने समस्या देखिन्छ भने घर छोड्दा मालिक अझै बढी शक्तिशाली हुनसक्छ । त्यसैले सकेसम्म काम गर्ने घरबाट बाहिर नभागौं । अन्य खाडी मुलुकको तुलनामा दुबई धेरै नै सुरक्षित मुलुक हो । हामी नेपालबाट सबै प्रक्रिया पुरा गरेर गयौं भने समस्या पर्दैन । हामी गैरकानुनी तरिकाबाट पनि जान्छौं ।

नेपालमै त कति जनाले आफ्नै छोराछोरी बेचिदिन्छन् भने विदेशमा त झन् के भर ? आफन्त भन्दैमा सबै कुरामा भरोसा गरेर विदेश जानुहुँदैन । हामीले कानुनी प्रक्रिया पुर्‍याउनैपर्छ । विदेशीको र हाम्रो आचरण नमिल्न सक्छ । नेपालमा नै ओरिएन्टेशन क्लास लिएर जानुपर्छ । दुबईमा विभिन्न सामाजिक संस्था छन् ।

आफुलाई समस्या पर्‍यो भने ती संस्थाबाट पनि सहयोग लिन सकिन्छ । सुरुमा धेरै गाह्रो हुन्छ । गाली सहेरै भएपनि हामी साम्य हुनुपर्छ । हामीले उनीहरुलाई आफ्नो काम देखाउनुपर्छ । दुबईमा काम गर्नेहरु ८० प्रतिशत सन्तुष्ट नै हुनुहुन्छ । यो समाजमा ठुलो भन्ने पुरुषहरुको अगाडि महिलाहरुले अर्काको घरमा भाँडा माझेरै भएपनि कमाएको पैसाले धेरै बच्चाले शिक्षाको अवसर पाएका छन् ।

अफिसियल काममा जानेहरुका लागि त अझ धेरै राम्रो अवसर छ । नेपालमा शिक्षा अनुसारको जागिर पाउन सक्दैनौं तर त्यहाँ तपाईं सक्षम हुनुहुन्छ भने त्यहाँ महिला पुरुष भन्ने हुँदैन । विदेशमा पुरुष दाजुभाइले पनि गएर दुःख गर्नुभएको छ । उहाँहरुले कमाएको जति पैसा घर पठाउनुहुन्न ।

तर महिलाहरुले भने आफ्नो कमाइ नेपाल पठाएका छन् । पुरुषको तुलनामा महिलाहरु घर परिवारप्रति धेरै उत्तरदायी छन् । सरकारले पनि कुनै देश जानबाट बन्देज गर्नुभन्दा पनि समस्या के हो र त्यसको हल कसरी गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ ।साभार: उज्यालो अनलाइन

साभार :सत्य खबर बाट

Labels: ,

अमेरिकी महिलाले जितिन् अहिलेसम्म कै सबैभन्दा ठूलाे ८० अर्बको चिठ्ठा

तपाईलाई सुन्दै अचम्म लाग्ला तर यो सत्य घटना हो । एक अमेरिकी महिलाले अहिलेसम्मको सबैभन्दा ठूलो धनराशीको पुरस्कार जितेकी छन् । सुन्दै अचम्म लाग्ने उनले नेपाली रुपैयाँ ८० अर्ब चिठ्ठा जितेर संसारकै सबैभन्दा धेरै रकम चिठ्ठामा पाउने महिला बनेकी छन् ।

बुधबार संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा भएको यो घोषणाले एकपटक विश्वलाई तरङ्गित बनायो । घोषणासँगै विश्वभर एकजना महिलाको कथा उतार्न सञ्चार माध्यमले जोडतोड लगाए । उत्तर अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो र व्यक्तिगत रुपमा विश्वकै सबैभन्दा धेरै धनराशीको चिठ्ठा हात पार्ने भाग्यमानी तीनै मेभिस केहि दिनयता निकै चर्चित छिन् ।

५० वर्षीया माविस वांकजिक दुई सन्तानकी आमा हुन् । उनले म्यासाचुसेट्सको शिकोपीमा एउटा पेट्रोल पम्पमा उक्त टिकट किनेकी थिइन् । चिठ्ठा जितेकी माविसले संचार माध्यमलाई आफूले जागिर छाडेको बताइन् । उनको लक्क नम्बर ६,७,१६,२३,२६ र ४ थियो ।

यसअघि जनवरी २०१६ मा अमेरिकाको पावरबेल ज्याकपटमा १.६ बिलियन डलरको चिठ्ठा निस्केको थियो। यो रकम तीन टिकट होल्डर्समा वितरण भएको थियो।

म्यासाचुसेट्स स्टेट लटरीले बुधबार राति टिकटको ड्र सार्वजनिक गरेको हो । चिठ्ठा जितेपछि माविसले भनिन्–पहिलो काम म जे गर्न चाहन्छु त्यो हो घर बनाउनु र आराम गर्नु । मेरो यो सपना थियो जुन अहिले पूरा भयो ।’



उनले आफूले आफन्तको जन्मदिनको आधारमा टिकटको नम्बर चुनेको बताइन् । माविसले भनिन्–मैले ३२ वर्षसम्म मेडिकल सेन्टरमा काम गरेँ । अब म काममा आउने छैन । अब म ओछ्यानमै बस्नेछु।

उनले आफ्नो आगामी योजना बताउँदै भनिन्, मैले गत वर्ष मात्र कार किनेकी थिएँ अब म त्यसको सबै रकम चुक्ता गर्नेछु ।

यो ज्याकपट एकल टिकटमा अहिलेसम्मकै सबैभन्दा धेरै राशीको हो । यसअघि सन् २०१६ को जनवरीमा तीन जनाले करिब एक अर्ब ६० करोड डलर रुपियाँको ज्याक्पट जितेका थिए । मेभिसले पाँच ओटा टिकट खरिद गरेकी थिइन् । जसमध्य दुई ओटा कम्प्युटरले सीर्जना गरेका थिए भने दुई ओटा नम्बर उनी आफैले रोजेकी थिइन् । जुन् टिकटबाट उनले जित हासिल गरिन् त्यसमा उनको परिवारको जन्ममिती सहितको अङ्क रहेकाे उनले बताइन् ।

Labels:

Sunday, August 27, 2017

Nepal VS India Under 15 Football Final Live


Nepal Vs India Live football Game


Labels: ,

Saturday, August 26, 2017

नेपाल आइडलमा जज बनेर आयका रामकृष्ण ढकाल बिबादमा

गायक रामकृष्ण ढकाल अहिले विवादमा तानिएका छन् । एपि वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘नेपाल आइडल’ मा शुक्रबार अतिथी जज बनेर पुगेका ढकाल विवादमा तानिएका हुन् । उनलाई सामजिक संजाल प्रयोगकर्ताहरुले अनेक सब्द प्रयोग गरि गाली गरेका छन् ।
‘परिक्षा फल’ राउण्डमा जज बनेर पुगेका ढकालले निशान भट्टराई र प्रताप दासलाई मात्रै भोट मागेको भन्दै उनको विरोध भएको छ ।उनी जस्तो बरिष्ठ गायकले एउटा प्रतियोगितामा गएर पक्षपाती ढंगले भोट माग्ने आशय व्यक्त गर्नु जायज नभएको उनीहरुले बताएका छन् । आखिर के भनेका रहेछन त गायक रामकृष्ण ढकालले पुरा बुज्नाका लागि भिडियोमा हेर्नुहोला ।


Read more »

Labels: ,

बार्सिलोना बिजयी ,मेसी बने हीरो ।।

स्पेनिस लालिगामा बार्सिलोना विजयी भएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोनाले एलाभेसलाई २ ० गोलले पराजित गरेका हो । बार्सिलोनाको जितमा स्ट्राइकर लियोनल मेस्सी नायक बने । बार्सिलोनालाई जिताउन दुबै गोल मेस्सीले गरेका थिए ।




ताजा खबर हरपल को लागि सधै visit गर्ने गरौ www.epssathi.blogspot.com

Labels:

चीन जाने सडक खुल्यो ।। गाडी नहुँदा ओलाङचुङगोलावासीलाई चिन्ता



सडकको ट्रयाक खुले पनि यातायातका साधन नहुँदा जिल्लाको ओलाङचुङगोलाका बासिन्दा तनावमा परेका छन् । सडक खुलेसँगै छिमेकी देश चीनबाट ठूला–साना सवारी साधन आएका छन् । तर, ओलाङचुङगोलाका बासिन्दा चीन जानुपरे सवारी साधन छैन ।

सदरमुकाम फुङलिङमा दसैंको बेला ओलाङचुङगोला घुम्न जानेको सूची लामै बनेको छ । सरकारी कर्मचारीदेखि व्यवसायीसम्मले गोला जाने योजना बनाएका छन् । उनीहरुको चाहना आफ्नो देशको सिमानासम्म पुग्ने छ । ओलाङचुङगोला–टिप्ताला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङ शेर्पा ओलाङचुङगोला आउन खोज्ने सबैले सकेसम्म छिमेकी देश चीनको तिब्बत पुगेर फर्कने नत्र पनि नेपाल चीन सिमाना टिप्ताला भञ्ज्याङ पुग्ने चाहना राखेको बताउँछन् ।

ओलाङचुङगोलासम्म पैदल यात्रा गरे पनि त्यसपछि गाडीमा जाने चाहना धेरैको छ । पैदल यात्रा कठिन पनि छ । टिप्ताला भञ्ज्याङ पुग्न बस्तीबाट २२ किलोमिटर छ । यस्का लागि पुरै एकदिन हिँड्नुपर्छ । अहिले सदरमुकाम फुङलिङबाट फक्तालुङ गाउँपालिकाको तापथोकसम्म मोटरबाटो पुग्छ । सदरमुकामबाट तापथोक हुँदै एक दिनमा लेलेपको इलाडाँडाँ पुगिन्छ । भोलिपल्ट बिहान १२ बजेसम्ममा गोलाको बस्ती पुगिन्छ । गाडी सुविधा भए तिब्बतको रिउ बजारमा एकरात बिताएर पनि सदरमुकाम फुङलिङबाट पाँच दिनमा यात्रा पूरा हुन्छ । तर, गाडीको व्यवस्थापन कसरी गर्ने समस्या भएको छ ।

सडक निर्माणमा सक्रिय ताम्ला उक्याव काठमाडौंमा शुक्रबार यस विषयमा छलफल भएको बताउँछन् । उनी चीनका लागि पूर्वनेपाली वाणिज्य दूत पनि हुन् । काठमाडौंमा रहेका हामी वालुङ समाजका प्रतिनिधिहरुले छलफल गर्‍यौं । सडक मर्मत गरी राख्न एउटा स्काभेटर मेसिन किन्ने विषयमा पनि छलफल चलायौं । तर अहिले गाडी नै नभएको विषयमा के गर्ने भन्ने कुरामा निष्कर्षमा पुग्न नसकेको उनले बताए ।

ओलाङचुङगोलामा भन्सार कार्यालय भए पनि यहाँ कार्यालय सहयोगी मात्रै बस्छन् । त्योभन्दा माथिल्लो पदका व्यक्ति छैनन् । ‘चीनबाट गाडी किनेर ल्याउन पाउने, नपाउने विषयमा पनि जानकार छैनौं,’ सडक उपभोक्ता समिति अध्यक्ष छेतेनले भने, ‘गाडीको रस नभएकाले यस्मा लगानी गर्ने स्थानीय पनि छैनौं ।’ सडक निर्माणपछि सदरमुकामसँगको दूरी छोटिएकाले गाउँमा होमिस्टे सञ्चालन गर्ने, आउने अतिथिलाई राम्रो सत्कार गर्ने जस्ता विषयमा गाउँमा भने परामर्श भइरहेको छ ।

फक्तालुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङ गाउँपालिकाले सडक मर्मतमा स–सानो लगानी गर्न सक्नेभए पनि अहिले नै गाडी किन्ने जस्ता ठूलो लगानी गर्न नसक्ने बताउँछन् । यो गाउँपालिका सदरमुकामको फुङलिङ नगरपालिका र चीनको तिब्बतसम्म सिमाना जोडिन्छ । उनले चीन सरकारसँग मिनि बस उपहार माग्ने विषयमा पनि छलफल भएको तर निर्णय नभएको बताए ।

मुस्ताङलगायत सिमावर्ती जिल्लाको अभ्यासका विषयमा पनि जानकारी लिने उनले बताए । तापेथोकबाट ओलाङचुङगोला जोड्न ३५ किलोमिटर बढी दूरी बाँकी रहेको उत्तर-दक्षिण लोकमार्ग आयोजना ताप्लेजुङका प्रमुख कुबेर नेपाली बताउँछन् । ओलाङचुङगोलादेखि नेपाल चीन सिमाना टिप्तला भञ्ज्याङसम्मको सडक ट्रयाक खुलेको छ । वालुङ समाज, साविकको गाविस र सांसद डम्वरध्वज तुम्वाहाम्फेको सांसद विकास कोषको रकम परिचालन गरी अढाइ करोडमा सडक निर्माण गरिएको हो ।

ट्रयाक खुलेपछि अहिलेसम्म चीनबाट दुईवटा साना सवारी साधन, डिजेल बोक्ने ट्यांकर, लोडर, स्काभेटर मेसिन आएर फर्किएका छन् । सडक निर्माण गरेर पनि याक र चौंरीलाई सामान बोकाउनु परे लज्जास्पद हुने बुझाइ स्थानीयमा छ ।

Labels:

Friday, August 25, 2017

यातायात कार्यालय भित्रको अश्लीयत ,

देशका जनतालाई सेवा सुबिधा दिन बसेका सेवा प्रदायिक कर्मचारि को नै यस्तो बेबहार भय पछि
के जनताले राम्रो अनि गुण स्तरीय सेवा पाउने आस गर्न सकीयला र??
      हेर्नुहोस यातायात कार्य लायकी एक महिला कर्मचारी द्वारा 
सर्ब साधारण जनतालाई बेलेको केहि वाक्य हरु जास्ताको त्यस्तै 

Labels: ,

बुद्धको परिवारमा रुवाबासी – यस्तो छ परिवारको आरोप ….(हेर्नुहोस् भिडियो)

नेपाल आइडलमा संघर्ष गरिरहनुभएका बुद्ध लामा अहिले सफलताको सगरमाथा चढ्दै हुनुहुन्छ । बुद्धले सफलताको सगरमाथा चढ्दै गर्दा उहाँको परिवारलाई सफलतासँग जातियाता जोडिएकोमा आपत्ति छ । ‘के बुद्ध मंगोलिय फेस भएकै कारण नेपाल आइडलको टप फाईभ सम्म सम्म पुग्न सफल भएको हो त ? होइन, उसको क्षमताले हो । बुद्धको सफलताले परिवारलाई रुवायो…हेर्नुहोस् भिडियो ..


Labels: , ,

Wednesday, August 23, 2017

गर्दा 'गुड फर पेमेन्ट चेक' अनिवार्य, बैना रकम पनि बैकबाटै

नगद कारोबारमा सीमा तोकिएपछि मालपोत कार्यालयहरुले गुड फर पेमेन्ट चेकको रसिदका आधारमा मात्र जग्गा नामसारी थालेको छ। साउन १ गतेदेखि नगद कारोबारको सीमा १० लाख रुपैयाँमा झरेपछि मालपोत कार्यालयहरुले जग्गा नामसारीमा कडाइ थालेका हुन्।
नयाँ ब्यवस्थासँगै सम्पति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था भन्दै राष्ट्र बैंकले कारोबारमा कडाइ गर्न मालपोत कार्यालयहरुलाई पनि सर्कुलर गरेको थियो। त्यही कारण मालपोत कार्यालयहरुले घरजग्गा खरीद बिक्रीमा कडाइ गरेका हुन्।
मालपोत कार्यालयहरुले घरजग्गा किन्नेबेच्नेबीच नगद कारोबार बैंकमार्फत भएको प्रमाण माग्न थालेका हुन्। चेक भुक्तानीका आधारमा मात्र जग्गा नामसारी गरिदिँदा 'वाउन्स' हुने खतरा देखिएपछि मालपोतहरुले अनिवार्य रुपमा गुड फर पेमेन्ट चेक काटिएको प्रमाण माग्न थालेका हुन्।
यसअघि जतिसुकै रकमको खरीद बिक्री भए पनि मालपोतमा प्रमाण पेश गर्नु पर्दैन थियो, थैली कायम गर्दा त्यसमा लाग्ने कर बुझाए पुग्थ्यो। गुड फर पेमेन्ट चेक काटिएपछि चेक वाउन्स हुने वा बिक्रेताले पैसा नपाउने समस्या हट्छ। यसले ठगी नियन्त्रण हुन्छ।
'सरकारले नै १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकमार्फत गर्नु भनिसकेपछि त्यसभन्दा बढि मूल्यका घरजग्गा किनबेचमा बैंकबाट कारोबार भएको प्रमाणलाई अनिवार्य गरेका हौं,' मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत पद्दनिधि सोतीले बिजमाण्डूसँग भने।
नयाँ ब्यवस्थाका कारण घरजग्गा पास गर्न आएका अधिकांस ग्राहक फर्किनु पर्ने अवस्था आएको छ। बैंकरका अनुसार घरजग्गा नामसारीमा कडाइपछि गुड फर पेमेन्ट चेक बनाउनेहरुको संख्या बढेको छ।
'पुरानो ब्यवस्था अनुसार नै भइहाल्छ भनेर अधिकांस आउने गरेका छन्,' सोतीले भने, 'अहिले हामीले बैंक कारोबार भएको प्रमाण माग्न थालेका छौं, त्यो दिन नसकेपछि बैंकबाट कारोबार भएको प्रमाण लिन उनीहरु फर्किने गरेका छन्।'
नयाँ ब्यवस्थाका कारण 'आज जग्गा पास गरौं, दुई तीन महिना भित्र पैसा चुक्ता गरौला भन्न पाईने अवस्था हराएको छ। यसले उदारो कारोबारलाई निरुत्साहित गर्छ।
अब जग्गाधनीलाई पैसा भुक्तानी लिनु भयो कि भएन भनेर सोध्नु पर्ने अवस्था हटेको जानकारी दिँदै सोतीले भने- अब बैंक खाता नहुनेले पनि बैंकमा खाता खोल्नु पर्छ। अनि मात्र कारोबार हुन्छ।
बैंकबाट कारोबार भएको प्रमाण पेस गर्नु पर्ने भएपछि बैना रकम पनि बैंकबाटै दिनु पर्ने अवस्था आएको छ। प्रमुख सोतीका अनुसार, बैना रकम हातहातै दिएको भए पनि अब बैंकबाट देखाउनु पर्छ। साउन १ गते अगाडि बैना रकम बुझ्ने वा बुझाउनेलाई केही झन्झट भएको छ।

Labels:

जोगवनी नाका बन्द, सिमा वारीपारी हजार बढी मालवाहक सवारी साधन अलपत्र


Read more »

Labels: , , ,

२३ राज्यमन्त्री थपिँदा मासिक १० करोड खर्च बढ्ने


प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपेका छन् । कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपिएपछि देउवा मन्त्रिपरिषद् ५० सदस्यीय ‘जम्बो’ बनेको छ । थपिएका सबैले मंगलबारै प्रधानमन्त्री देउवाबाट पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका छन् ।

२०५२ मा ४८ सदस्यीय मन्त्रिपरिषद् बनाएर आलोचित देउवाले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको रेकर्डसमेत तोडेका छन् । भट्टराईले देउवाको २०५२ सालको रेकर्ड तोडदै ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । राप्रपा र साना दलका लागि आफंैसँग राखेका तीन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री थपिँदा देउवा मन्त्रिपरिषद् ५५ सदस्यीयभन्दा ठूलो हुने प्रधानमन्त्री निकट स्रोतले जनायो ।

मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । प्रधानमन्त्री देउवाले सोमबार मात्र माओवादी केन्द्रबाट ८ जनालाई राज्यमन्त्री थपेका थिए । शान्ति, वन र उद्योग मन्त्रालयमा मन्त्री नियुक्त हुन अझै बाँकी छ । मंगलबार कांग्रेसबाट राज्यमन्त्री हुनेमा शिक्षामा शेषनाथ अधिकारी, भौतिक पूर्वाधार तथा यातायातमा सीता गुरुङ, अर्थमा उदयशमशेर राणा, वाणिज्यमा नरबहादुर चन्द, सूचना तथा सञ्चारमा तप्तबहादुर विष्ट, खानेपानी तथा सरसफाइमा अब्दुल रजाक, श्रम तथा रोजगारमा डिल्ली चौधरी, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चम्पादेवी खडका, कानुन, न्याय तथा संसदीय मामिलामा दिलमान पाख्रिन, कृषिमा सरिता प्रसाईं, सिँचाइमा अमरसिंह पुन र युवा तथा खेलकुदमा तेजुलाल चौधरी छन् । 

लोकतान्त्रिक फोरमबाट जनकराज चौधरी संघीय मामिला तथा स्थानीय विकास, सुमित्रा थरूनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र यशोदाकुमारी लामाले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
राज्यकोषमा हरेक महिना १० करोडभन्दा बढीको व्ययभार दुई दिनको अन्तरालमा २३ राज्यमन्त्री थपेर इतिहासकै ‘जम्बो मन्त्रिपरिषद्’ बनाएपछि राज्यकोषबाट प्रतिमहिना १० करोड रुपैयाँभन्दा बढी प्रशासनिक खर्च बढ्ने भएको छ । 

नयाँ २३ राज्यमन्त्रीका लागि मासिक तलब, घरभाडा, एकमुष्ट फर्निसिङ खर्च, सुरक्षा पोस्ट, गार्ड घर, तीनवटासम्म गाडी, उपसचिवसहित ७ कर्मचारीसहितको स्वकीय सचिवालयका लागि त्यति रकम खर्च हुने सरकारी अधिकारीहरूले जानकारी दिए । 

Labels: ,

जोन्सनको बेबी पाउडरले क्यान्सर


जोन्सनको बेबी पाउडरले क्यान्सर
पीडित महिलालाई पौने ३ अर्ब क्षतिपूर्ति तिर्न अदालतको आदेश
महिलाद्वारा तिघ्राको काछ वरपर,
स्यानिटरी प्याड या कट्टुलाई सुकाउन र ताजा बनाइराख्न बेबी पाउडरको प्रयोग




अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरूको एक इजलासले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ) क्षतिपूर्ति तिर्न सोमबार आदेश दिएको छ । क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दाको फैसलामा इजलासले उक्त आदेश दिएको हो ।

मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशको इजलासले अस्पतालमा उपचार गराइरहेकी ६३ वर्षीया इभा इचेभर्रियालाई उक्त रकम दिन आदेश दिएको हो । ती महिलाले ११ वर्षको उमेरदेखि जोन्सन एन्ड जोन्सन कम्पनीको पाउडर प्रयोग गर्दै आएको बताएकी छन् । तिघ्राको काछ वरपर सुख्खा र स्वच्छ बनाइराख्नका लागि उनी नियमित रूपमा कम्पनीको बेबी पाउडर प्रयोग गर्थिन् ।


अमेरिकाका विभिन्न अदालतमा कम्पनीविरुद्ध शृंखलाबद्ध सुनुवाइ हुँदै आएको छ । तर, हालसम्मकै सबैभन्दा ठूलो रकम क्षतिपूर्तिबापत पाउने इचेभर्रिया पहिलो बनेकी छन् । पाउडर प्रयोग गरेकै कारण आफूलाई डिम्बाशयको क्यान्सर भएको भन्दै अन्य महिलालाई जोन्सन एन्ड जोन्सनको टेलकम पाउडर उपयोग नगर्न सल्लाह दिएकी छन् । अस्पतालमा उपचार गराइरहेकी इचेभर्रियाले भनिन्, ‘कम्पनीको बेबी पाउडर मैले सन् १९५० को दशकदेखि २०१६ सम्म प्रयोग गरेकी हुँ । सन् २००७ मा डिम्बाशयको क्यान्सर पत्ता लागेपछि अदालत गुहार्न पुगेकी हुँ ।’ उनले आफ्नो उजुरीमा लेखेकी छन्, ‘टेलकम पाउडर असामान्य रूपमा खतरनाक र दोषपूर्ण प्रकृतिको भएकै कारण डिम्बाशयको क्यान्सर भएको हो ।’

अघिल्लो वर्ष १६ दशमलव ५ अर्ब अमेरिकी डलरको व्यापार गरेको कम्पनीले आफ्नो उत्पादनमा चेतावनी लेखेपछि बल्ल इचेभर्रियाले जोन्सन पाउडरको प्रयोग गर्न बन्द गरेको सञ्चार माध्यमहरूलाई बताएकी छन् । भनिन्, ‘तर, ढिलो भइसकेको रहेछ ।’ इचेभर्रियाको मुद्दाको सुनुवाइका क्रममा कम्पनीका कानुन व्यवसायीले अमेरिकी खाद्य तथा औषधि विभागसहित विभिन्न वैज्ञानिक अनुसन्धानले जोन्सन एन्ड जोन्सनको उत्पादनमा खराबी नभएको पत्ता लागेको दाबी गरेका थिए । सन् २००० मा कम्पनीले हावार्ड विश्वविद्यालयका अनुसन्धानकर्मीले पाउडर प्रयोग गर्ने ७८ हजार ६ सय ३० सहित १ लाख २१ हजार महिलामाथि गरिएको अध्ययनमा दुर्भाग्यवश ३ सय ७ मा डिम्बाशयको क्यान्सर भेटिएको समेत कम्पनीको भनाइलाई तिनले राखेका थिए । कम्पनीले भनेको छ, ‘अनुसन्धाकर्मीले आफ्नो समग्र रिपोर्टमा पाउडर प्रयोग गर्दा इपिथिलय ओभरी क्यान्सर नपाएको बताएको थियो ।’

एक हजारभन्दा बढी महिला, जो कम्पनीको बेबी पाउडर प्रयोग गर्ने गर्छन्, तीमध्ये इचेभर्रिया पनि एक थिइन् । तर, कम्पनीविरुद्ध थोरै मात्र महिला अदालत जाने गरेका छन् । यसै वर्षको मेमा मिसौरीस्थित अदालतका न्यायाधीशहरूको बेन्चले भर्जिनियाकी एक महिलालाई ११ करोड अमेरिकी डलरको क्षतिपूर्ति कम्पनीबाट भराएको थियो । अघिल्लो वर्ष पनि पनि मिसौरी अदालतले साढे ५ करोड र ७ करोड २० लाख अमेरिकी डलरको क्षतिपूर्ति तिर्न कम्पनीलाई आदेश दिएको थियो । ७ करोड २० लाख क्षतिपूर्ति पाउने महिलाको अदालती फैसला आउनुअघि नै मृत्यु भइसकेको थियो ।

यसै वर्षको मार्चमा सेन्ट लोउसस्थित अदालतका न्यायाधीशले कम्पनीविरुद्ध एक महिलाले दायर गर्न खोजेको मुद्दा अस्वीकार गरेको न्युयोर्क टाइम्सले जनाएको छ । धेरै महिलाहरूले आफ्नो तिघ्राको काछ वरपर, स्यानिटरी प्याड या कट्टुलाई सुकाउन र ताजा बनाइराख्न बेबी पाउडरको प्रयोग गर्छन् । अमेरिकी राष्ट्रिय क्यान्सर संस्थाका अनुसार अमेरिकामा १ दशमलव ३ प्रतिशतलाई डिम्बाशयको क्यान्सर रहेको छ । सन् १९७१ मा वाल्सका वैज्ञानिकहरूले पाउडरको कणहरूमा ओभरी र सर्भाकल (डिम्बा र ग्रिवा) ट्युमर हुने पत्ता लगाएका थिए ।



#कान्तिपुर बाट


Labels: ,

दार्चुला जिल्लाको कालापानीमा भारत द्वारा सेना परिचालन ,त्रासको स्थिति नेपाल सरखार मौन ।

नेपाल भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको कालापानीमा भारतीय सैनिकले आपनो गतिबिधि बढाएको छ । पछिल्लो केहिदिन यता भारतीय सेनाले विबादास्पद कालापानीमा सैनिक गतिबिधि बढाएपछि स्थानीयमा त्रास फैलिएको छ । चीनले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिति बढाउने चर्चा भई रहेका बेला भारतीय पक्षले आफ्नो उपस्थिति र सकृयता बढाएको हो ।भारतको धारचुलामा रहेको गोर्खा रेजिमेन्टको ब्यारेकबाट भारतीय सेनाको हेलोकप्टरबाट दैनिक जसो सैनिक ओसार्ने गरेको स्रोतले बताएको छ । भारतीय दैनिक पत्रिका नव भारत टाईम्सले पनि दोक्लाम बिबादपछि भारतले चीनसंग सीमा जोडिएका क्षेत्रमा सैनिकको संख्या बढएको पुष्टि गरेको छ । चिनिया सैनिकले गरेको गतिबिधि देखेर भारतले एक हजार चार सय किलोमिटर लामो चीन भारत सीमा क्षेत्रमा सैनिकको संख्या बढाएको हो ।सन १९६२ मा चीन र भारत बीच युद्ध भएको थियो । सो युद्धमा भारतले ठूलो क्षति समेत बेर्होनु परेको थियो । त्यस्तै नेपाली पक्षबाट पनि पटक पटक कालापानी छोड जस्ता अभियान र चर्का जुलुस गरी केन्द्रकै टोली जिल्ला सदरमुकाम खलंगा आउनेहरुलाई भारतीय सेनाले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत बर्ष चीन भ्रमणमा गएको वेलामा कालापानीलाई दुई देशको व्यापारिक नाका बनाउने सहमति गरेपछि नेपालमा त्यसको बिरोध हुँदै आएको छ ।दार्चुला : नेपाल भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको कालापानीमा भारतीय सैनिकले आपनो गतिबिधि बढाएको छ । पछिल्लो केहिदिन यता भारतीय सेनाले विबादास्पद कालापानीमा सैनिक गतिबिधि बढाएपछि स्थानीयमा त्रास फैलिएको छ । चीनले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिति बढाउने चर्चा भई रहेका बेला भारतीय पक्षले आफ्नो उपस्थिति र सकृयता बढाएको हो ।



                                       नेपाली भूमिमा भारती आर्मिको ज्याजाति

Labels:

Tuesday, August 22, 2017

सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो , आसपासका घरहरुमा क्षति ।।





First HTML





 
मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा बुधबार पहिरो जाँदा दुई घर क्षतिग्रस्त भएको छ भने अविरल वर्षाको कारण बेलुकाबाटै टार पहाडको ढिस्को झर्दा पहिरोले बजारको बस्ती नै जोखिममा पारेको छ ।

एउटा मारुती भ्यान समेत पहिलोले किचेको छ ।

‘पहिरोले ढलाएको रुखले घर थिचेको छ,’ मेलम्ची बजारका महेशकुमार श्रेष्ठले भने, ‘यहाँ बस्न जोखिम भएको छ,  वरिपरिका स्थानीय त्रसित छन् ।'  एक घर र टहरामाथि नै पहिरो लाग्न थालेपछि विस्थापित सुरक्षित स्थानीय बासको खोजीमा रहेका उनले सुनाए ।

व्यापरिक केन्द्रको रुपमा नाम कमाएको मेलम्ची नगरपालिकाको मेलम्ची बजारको माथिल्लो भेग पहिरोको उच्च जोखिममा परेका छन् । ‘बिचल्लीमा पर्ने भयौं, अब हामी कहाँ जाने ?,’ बजारका स्थानीय सान्त श्रेष्ठले भने, ‘बजारमा कहिल्यै पहिरो लागेको थाहा थिएन, यो बर्खाले खतरा बढाएको छ ।’

‘माथिल्लो भेगका पहाड, जमिन पुरा भास्सिएर झर्न थालेको छ,’ प्रनि ढुंगानाले भने, ‘पहिलोपटक यो भेगमा खसेको पहिरोले बजारमा जोखिम बढाएको  छ ।’

Labels: , , , , ,