Wednesday, August 23, 2017

जोगवनी नाका बन्द, सिमा वारीपारी हजार बढी मालवाहक सवारी साधन अलपत्र







First HTML






सीमावर्ती बजार भारतको जोगबनीदेखि सात किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा ५०० भन्दा बढी मालबाहक सवारी उतै अलपत्र परेका छन् ।
अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण पुल धस्सिएपछि गत आइतबारदेखि उक्त बाटोबाट विराटनगर आउने र जाने मालबाहक सवारी ठप्प भएका हुन् । वीरगञ्ज र भैरहवापछि बढी सामान भित्रिने नाका विराटनगर हो ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष वीजेन्द्र परासरका अनुसार ट्रक, लरी र पेट्रोलियम पदार्थका ट्यांकरसमेत गरी ५०० भन्दा बढी गाडी उतै रोकिएका छन् । नेपालतर्फ मालसामान अनलोड गरेर भारततर्फ फर्किएका गाडी पनि ५०० कै हाराहारीमा छन् ।

Labels: , , ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home