Tuesday, August 22, 2017

सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो , आसपासका घरहरुमा क्षति ।।





First HTML





 
मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा बुधबार पहिरो जाँदा दुई घर क्षतिग्रस्त भएको छ भने अविरल वर्षाको कारण बेलुकाबाटै टार पहाडको ढिस्को झर्दा पहिरोले बजारको बस्ती नै जोखिममा पारेको छ ।

एउटा मारुती भ्यान समेत पहिलोले किचेको छ ।

‘पहिरोले ढलाएको रुखले घर थिचेको छ,’ मेलम्ची बजारका महेशकुमार श्रेष्ठले भने, ‘यहाँ बस्न जोखिम भएको छ,  वरिपरिका स्थानीय त्रसित छन् ।'  एक घर र टहरामाथि नै पहिरो लाग्न थालेपछि विस्थापित सुरक्षित स्थानीय बासको खोजीमा रहेका उनले सुनाए ।

व्यापरिक केन्द्रको रुपमा नाम कमाएको मेलम्ची नगरपालिकाको मेलम्ची बजारको माथिल्लो भेग पहिरोको उच्च जोखिममा परेका छन् । ‘बिचल्लीमा पर्ने भयौं, अब हामी कहाँ जाने ?,’ बजारका स्थानीय सान्त श्रेष्ठले भने, ‘बजारमा कहिल्यै पहिरो लागेको थाहा थिएन, यो बर्खाले खतरा बढाएको छ ।’

‘माथिल्लो भेगका पहाड, जमिन पुरा भास्सिएर झर्न थालेको छ,’ प्रनि ढुंगानाले भने, ‘पहिलोपटक यो भेगमा खसेको पहिरोले बजारमा जोखिम बढाएको  छ ।’

Labels: , , , , ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home