Monday, November 20, 2017

अब सिर्जना पनि प्रचण्डसँगै लाजिम्पाट बस्ने



अब सिर्जना पनि प्रचण्डसँगै लाजिम्पाट बस्ने


काठमाण्डु, ४ मंसिर– प्रकाश दाहालको असामयीक निधनपछि यतिबेला उनको परिवार शोकमा छ । प्रकाशको निधनले बाबु प्रचण्ड, आमा सीता, श्रीमतीहरु सिर्जना त्रिपाठी र बिना मगरलगायत आफन्त, ईष्टमित्र तथा शुभचिन्तकमा गहिरो चोट पुगेको छ ।

तस्बिरमा दुई व्यक्तिको हात समाउँदै गरेका प्रकाशपुत्र प्रसिद्ध र उनका पछाडि श्रीमती सिर्जना ।
प्रकाशलाई आर्यघाटमा दागबत्ति दिइसकेपछि भने धेरैले उनका दुई श्रीमती र छोराबारे विभिन्न अड्कलबाजी गर्न थालेका छन् । त्यसो त बिनाभन्दा पनि अब सिर्जना के गर्लिन ? भन्ने धेरैको चासो छ । यसैबीच काठमाण्डु टुडेले सिर्जना प्रचण्डको आग्रहमा अब लाजिम्पाटमै बस्ने भएको सूचना प्राप्त गरेको छ ।
प्रकाश दाहालको निधनपछि नर्भिक पुगेकी सिर्जना उनको पार्थिव शरीर देखेर बेहोस भएकी थिइन् । नर्भिकमै उपचारपछि उनको होस खुल्यो र उनी अन्त्येष्टीमा सहभागी हुन पशुपति आर्यघाट पुगिन् । त्यतिबेलासम्म प्रचण्डले सिर्जनालाई लाजिम्पाट लाने व्यवस्था गरिसकेका थिए । र, सहयोगका लागि माओवादी नेता डिलाराम आचार्यलाई अनुरोध गरियो ।
काठमाण्डु टुडेसँग कुरा गर्दै डिलाराम भन्छन्, ‘लाजिम्पाटबाटै सिर्जनाका लागि गाडीको व्यवस्था गरिएको थियो । आर्यघाटमा प्रकाशको अन्त्येष्टीपछि मैले नै उनलाई गाडीमा हालेर पठाएको हुँ ।’
प्रकाश र सिर्जनाको ०६४ माघ ३ गते बिहे भएको थियो । उनीहरुका एक छोरासमेत छन्, प्रसिद्ध । तर, पछि प्रकाशले बिनासँग बिहे गरेपछि सिर्जना पोखरामा बस्दै आएकी थिइन् । तर, उनीहरुको सम्बन्धबिच्छेद भने भएको छैन
काठमाण्डु टुडे

Labels:

पानी कसरी पिउने ?



शरीरलाई खानाजस्तै पानी पनि आवश्यक छ । शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ । शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्न सक्छ ।
हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विजातिय तत्व बाहिर निकाल्न पानीको भुमिका रहन्छ । शरीरको ७६ प्रतिशत भाग पानीले बनेको हुन्छ ।
पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपनजस्ता गुणहरू हुन्छन् । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असर देखा पर्न सक्छन् ।
गलत जीवनशैली विषसमान
प्रायः मानिस उषापानको बदलामा अत्यधिक चियाको प्रयोग तथा धुम्रपान गर्ने गर्छन् । बिहान उठ्नेवित्तिकै र राति अवेरसम्म टेलिभिजन हेर्ने, रेडियो सुन्ने वा पढ्ने गर्छन्, यसले स्वास्थ्यमा असर गरिरहेको हुन्छ ।
कपाल रङ्गाउने, केमिकल मिसावट भएको, तारेको, भुटेकोे मिठाइ तथा अखाद्य पदार्थ जंकफुड तथा पानीको प्रयोग, प्लास्टिकका भाडा अत्यधिक प्रयोग गर्ने जस्ता संस्कृतिले शरीरभित्र धेरै विष तत्व प्रवेश गरिरहेको हुन्छ । यस्ता विकार शरीरबाट बाहिर निस्कन पाएन भने भित्रै जमेर बस्छ, फलस्वरूप विभिन्न अंगहरूमा अल्सर, ट्युमर, स्टोन, क्यान्सर, युरिक एसिड, कब्जियतजस्ता समस्या देखिन्छ । अध्ययन अनुसार अहिले ९० प्रतिशत स्वास्थ्य समम्या निष्काशन प्रक्रियाको गडबडीले भइरहेको छ । कम पानी पिउनाले मुत्राशयको क्यान्सर हुने खतरा रहन्छ ।
शरीरमा पानीको उचित मात्रा कति ?
शरीरमा पानीको मात्रा फोक्सो ९० प्रतिशत, रगत  ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ ।
प्रत्येक मानिसलाई साधारणतया दैनिकरूपमा तीन देखि चार लिटर वा १०/१२ गिलास पानी आवश्यक पर्छ । यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ । यो कुरा व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ ।
धेरै पानी पिए पनि खतरा हुन सक्छ । कम पानी पिए फोहोरलाई बाहिर निष्कासन गर्न गाह्रो पर्छ । जसको पेट सफा हुन्छ, उसलाई रोग लाग्ने सम्भावना कम हुन्छ । ठिक तरिकाबाट पानी पिउनाले बिषाक्त तत्व पनि बाहिर निष्काशन गर्न सक्छ ।
कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ । पानीसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ । फलफूल, सागपात प्रशस्त मात्रामा खाने गर्नुपर्छ । शरीर स्वस्थ राख्न रसिलो फलफूल खानुपर्छ ।
उचित तरिकाले पानी पिउँदा हुने फाइदा
पानी शरीरमा सिंचिंत भइ बल, आय, आरोग्यता र पौष्टिकता प्रदान गर्छ । यसलाई आयुप्रदाता, प्राण र रसायन मानिएको छ । पेट सफा गर्न पानीको महत्वपूर्ण भूमिका रहन्छ । पटक–पटक गरी दिनभर पिएको पानीले क्यान्सरका सेललाई समेत बाहिर निकाल्छ । पानिको उचित प्रयोगले धेरै विकार नष्ट हुन्छन् । दिसापिसाब, पसिना, थुकलगायत माध्यमबाट शरीरको पानी बाहिरिन्छ । शरीरमा पानीको कमी भयो भने विभिन्न रोग लाग्न सक्ने चिकित्सक बताउँछन् ।
बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गान खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ । स्वस्थ छालाका लागि पनि शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ ।
स्वच्छ पिउने पानी ठिक ढङ्गले सेवन गरे र दैनिक कम्तिमा तीन लिटर पानी पिए क्यान्सरलगायत रोगबाट छुटकारा पाइन्छ ।
पानी कम हुँदा देखिने समस्या
पानी कम हुँदा छालामा असर पर्छ । छालामा सुक्खापन आउने, चाउरी पर्नेजस्ता समस्या देखा पर्न सक्छन् । यति मात्रै होइन, शरीरमा एलर्जी हुन सक्छ । रगतको मात्रामा कमी, कमजोर पाचनतन्त्र, शरीरको तापक्रम बढ्ने, महत्वपूर्ण संवेदनशील अङ्गमा असर पर्ने आदि समस्या हुन्छ ।
 लामो समय पानी नपिउँदा कहिलेकाहीँ मानिस बेहोस हुन सक्छ । ठीक समयमा पानी पिउन सकिएन भने ज्यानसमेत जान सक्छ ।
 पानीको मात्रा भएन भने बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा पर्ने हुन्छ ।
 पानीको कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण हुन्छ । पानी एकैपटक धेरै खाँदा किड्नीमा ओभरलोड हुन्छ र समस्या उत्पन्न हुन्छ ।
 शरीरमा पर्याप्त मात्रामा पानी पुगेन भने कब्जियतको समस्या हुन्छ ।
 हामीले पिउने पानीको मात्राअनुसार शरीरको तापक्रम बढ्ने÷घट्ने हुन्छ । पर्याप्त पानी पुग्यो भने तापक्रम बढ्छ, पानी कम भयो भने तापक्रम घट्छ ।
 शरीरमा पानीको कमी भयो भने पेटको अल्सर हुन्छ ।
 जोर्नीमा पानीको मात्रा पुगेन भने शरीर पोल्नुका साथै जोर्नी दुख्ने समस्या बढ्दै जान्छ । त्यसैले पर्याप्त मात्रामा पानी सेवन गर्नुपर्ने हुन्छ ।

Saturday, November 18, 2017

गतबर्षको सर्वाधिक चर्चित फिल्म ‘लुट-२’ युट्युबमा सार्वजनिक गरिएको छ


गतबर्षको सर्वाधिक चर्चित फिल्म ‘लुट-२’ युट्युबमा सार्वजनिक गरिएको छ । ५ बर्ष पहिले प्रर्दशनमा आएको सुपर हिट फिल्म ‘लुट’को सिक्वोल लुट-२ लाई अहिलेका चर्चित निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त लगानि रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको उक्त फिल्ममा सैगात मल्ल, दयांहाग राई, कर्म, विपिन कार्की, ऋचा शर्मा लगायतको अभिनय रहेको छ ।
‘लुट-२’ मा समायोजित ‘ठमेल बजार’ बोलको गीत सुपर हिट भएको थियो भने फिल्मले मल्टिप्लेक्समा अक्रामक व्यापार गरेको थियो । हाइलाइटस् नेपालको युट्युब च्यानलमा लुट-२ सार्वजनिक गरिएको हो ।

Read more »

Labels:

Friday, November 17, 2017

आजको राशिफल – बि.स.२०७४ मंसिर ०२ गते । शनिबार । ईश्वी सन् २०१७ नोभेम्बर १८ तारिख । नेपाल सम्बत् ११३८ ।



बि.स.२०७४ मंसिर ०२ गते । शनिबार । ईश्वी सन् २०१७ नोभेम्बर १८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । मार्ग कृष्ण पक्ष । तिथि औंशि २४ घडी २४ पला,४ बजेर १३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र विशाखा ३२ घडि २३ पला,बेलुका ७ बजेर २५ मिनेट उप्रान्त अनुराधा । योग शोभन ३९ घडि १० पला,रातको १० बजेर ०८ मिनेट उप्रान्त अतिगण्ड । करण नाग,बेलुका ४ बजेर १३ मिनेट उप्रान्त किंश्तुध्न । आनन्दादिमा शुभ योग । चन्द्रराशि तुला दिउसो १२ बजेर ५६ मिनेट उप्रान्त बृश्चिक ।

दर्शश्राद्ध। निशि र हलो बार्ने औंसी। स्नानदान गर्ने औंसी।

काठमाडौंमा सूर्योदय ६ बजेर २८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०९ मिनेट जादा । दिनमान २६ घडी ४२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साझेदारि व्यावसायबाट प्रशस्त नाफा कमाउँन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सुरक्षित रहनेछ ।

शुभ अंक — १,४ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो  कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) न्यालय तथा अदालति निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने सत्रुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफैतिर ल्याउन सकिनेछ । साझेदारि व्यावसाय फस्टाएर जानेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

शुभ अंक — २,६  शुभ दिशा — पश्चिम

शुभ रंग —  सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाईमा  खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । सामान्य कुरामा चनाखो नबन्दा अग्रज तथा बौद्धिक व्याक्तित्वहरु तपाईदेखि टाडिने सम्भावना रहेकोछ । प्रेम सम्बन्धमा एक अर्कालाई अनाबस्यक शंका गर्नाले टाडिनु पर्ने बाध्यता आउँनेछ । स्थाई सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि पार्दै फाईदा उठाउँन सकिनेछ । सत्रुहरुलाई परास्त गर्दै न्यायिक निर्णयहरु आफ्नै पक्षमा फैसला गराउँन सकिनेछ । पुराना समस्या तथा थाति रहेका कामहरु सम्पादन हुँनेछन् भने व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ ।

शुभ अंक — ३,६   शुभ दिशा — दक्षिण

शुभ रंग —  निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुँनेछन् । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुँनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।

शुभ अंक — १,५    शुभ दिशा — पश्चिम

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने छन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ ।

शुभ अंक — ५,९ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ । स्थाई सम्पति तथा रुपैया पैसाको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला गलत ठाउँमा खर्च हुँन सक्छ । मध्यान्हबाट भाग्यले साथ लिने हुँनाले व्यापार व्यावसायमा थोरै लगानि गर्दापति मनग्गे नाँफा कमाउँन सकिने समय रहेकोछ माया प्रेम तथा प्रणय सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सक्दा परिणाम मुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले सफलता हात लाग्नेछ ।

शुभ अंक — ३,६   शुभ दिशा — पश्चिम

शुभ रंग —  निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुँनेछ । आफन्तजनमा सुमधुर सम्बन्धको बिकास गर्न सकिनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले बाहिरि खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँनेछ । प्रेम सम्बन्धमा एकले अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । समय र परिस्थितिको अध्ययन नगरि बोल्दा वा कुनै निर्णय गर्दा मान सम्मानमा कमिको महशुष हुँनेछ ।

शुभ अंक — ३,८    शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ ।

शुभ अंक — २,८ शुभ दिशा — पुर्व

शुभ रंग  — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । मध्यान्हबाट समय मध्ययम आउने हुँनाले लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला गन्तब्य पहिल्याउन मुस्किल पर्नेछ भने स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ ।

शुभ अंक — ३,९   शुभ दिशा — उत्तर

शुभ रंग —  पहेलो कार्य सिद्धि  मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुँनेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।  निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

शुभ अंक — १,७  शुभ दिशा — पुर्व

शुभ रंग — खरानि  कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । सरकारि सेवामा बसेर काम गर्नेहरुबाट झन्झट बेहोर्नु पर्नेछ भने झन्झटिलो यात्रा हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो आउने हुनाले कामकै सन्द्रर्भमा समाजका बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुँनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा हात लाग्ने हुँनाले घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा समय दिनेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बनेर जानेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

शुभ अंक — २,८  शुभ दिशा — दक्षिण

शुभ रंग —  निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला फाईल नमिलेर झन्झट बेहोर्नु पर्ला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँने तथा घर परिवारमा एक अर्काबिच राए बाजिनेछ । व्यापार व्यावसायमा लगानि गर्न वा नाँफा कमाउँन केहि समय कुर्नु पर्नेछ । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा  काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — पहेलो  कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम


Labels: , ,

यसको र्सिफ दुई पातको प्रयोगले हराउछ जरैदेखि सुगर !




यसको र्सिफ दुई पातको प्रयोगले हराउछ जरैदेखि सुगर (भिडियो सहित)


Labels:

Thursday, November 16, 2017

कोरियामा यसरी भुकम्प गयो, मान्छेहरु भागाभाग lllll

सोल
कार्तिक २९, २०७४
अाज कोरियामा ५.५ रेक्टर स्केलको भुकम्प गएको छ।
भकम्प के कसरी गयो र भुकम्प पछि के कस्तो क्षति भयो फोटो 
फीचर

                   कोरिया को अस्त बेस्थ अबस्था ।।।


मान्छे भागा भाग गर्दै


Labels:

दीपेन साहाको निधन ।।

काठमाडौँ । नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ ।


पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो ।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए ।

३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए ।

उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।

केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए ।

उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । यही कारणले उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो ।

कलाकार संघका अध्यक्ष राम किशोर बोगटीले श्रृद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नेपाल एकाडेमी राख्ने पहल भइरहेको जानकारी दिए ।

Labels:

यसरी मारेका थिए माओबादीहरुले शिक्षक मुक्तिनाथ अधिकारीलाई !

मर्स्याङ्दी नदीमा मिसिनुअघि पाउँदी खोलाले पूर्व-पश्चिम तन्किएको फराकिलो उपत्यका बनाएकी छन्। यसै उपत्यकाको उत्तरी विशाल पाखोलाई दुराडाँडा भनिँदोरहेछ; शाह वंश तथा नेपाल राज्यकै उद्गमस्थल र मध्यपहाडको शिक्षा र प्रगतिशील विचारको थलो। इतिहास र संस्कृतिले उर्वर यस माटोका बौद्धिक उत्पादन थिए शिक्षक मुक्तिनाथ अधिकारी।

प्रत्यक्षदर्शी स्थानीय बासिन्दा बताउँछन्: ३ माघ २०५८, दिउँसो १:१० बजे; मुक्तिनाथ सर कक्षा ९ मा विज्ञान पढाउँदै थिए। माओवादी पार्टी, लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले ‘सर दुई मिनेट काम छ’ भनेर कक्षाबाट तानेर बाहिर लगे। सशंकित विद्यार्थीको छाडिदिने आग्रह मानेनन्। गाउँको गोरेटो बाटो हुँदै माथि आधा घन्टा पर रहेको बारीको कान्लामा लिएर गए। साँझपख गाउँबासी माथि पुग्दा मुक्तिनाथ सरलाई हत्या गरी उत्तिसको फेदमा बाँधेर ठड्याइएको भेट्टाए। माओवादीले ‘बम छ, कसैले नछुनू’ भनेका कारण त्रसित गाउँबासी लासछेउ आगो बाली जागराम बसे।

मुक्तिनाथ सरलाई घिस्याएको गोरेटोकै बाटो गरी छोरा सुमनले हाम्रो टोलीलाई माथि त्यो रक्ताम्मे गह्रातर्फ लिएर गए। मुक्तिनाथ सरलाई मारेको कान्लाछेउ चन्द्र आकार घेरा बनाएर हामीले स्वःस्फुर्त श्रद्धाञ्जली भेला गर्‍यौं। पत्रकार चन्द्रकिशोरले केही शब्द श्रद्धासुमन राखे अनि भने, ‘मुलुकभर मारिएका निहत्था निर्दोष नागरिकका प्रतिक हुन् मुक्तिनाथ अधिकारी। मनमा लागेका कुरा स्पष्ट भन्ने, समाजलाई उदार र खुला राख्ने प्रण गरौं।’

मुक्तिनाथ सरलाई मारिएको ताका माओवादीको ‘जनयुद्ध’ शिखरमा थियो, गाउँमा विद्रोहीको ज्यादती भयावह र चरम अवस्थामा थियो। गर्धन छिनालेको, यातना दिएको बीभत्स दृश्य त फोटोग्राफरहरूले खिचेका तस्बिरमा सर्वत्र उपलब्ध थिए, जस्तैः एमाले नेता यदु गौतमको। पाठकप्रतिको संवेदनशीलताले त्यस्ता तस्बिर पत्रपत्रिकामा छाप्ने अवस्था थिएन। तर, माओवादीको व्यक्तिहत्याको शृंखलालाई उजागर गर्ने तस्बिरको भने खाँचो थियो।

त्यतिबेला हिमाल खबरपत्रिकाका श्रीभक्त खनाल त्यतै खटाइए र मुक्तिनाथ सरको हत्यापश्चातको तस्बिर फेला पारी लिइआए। मृत्युको भोलिपल्ट बिहानको फोटो। सौम्य मुद्रामा निदाएजस्ता मुक्तिनाथ सर। हिमाल खबरपत्रिकाका संस्थापक सम्पादक राजेन्द्र दाहाललाई लाग्यो : यो तस्बिर सार्वजनिक गर्न उपयुक्त छ र आँट गरीकन १६-३० माघ २०५८ को आवरणमा त्यो छापियो। पहिलो पटक सायद माओवादीको व्यक्तिहत्याको प्रमाण आमपाठकसामु प्रस्तुत भयो।

हत्याको चरित्र तथा मरण स्थलबारे गाउँबासीबाहेक अरूलाई जानकारी त्यो तस्बिर मात्र थियो। तसर्थ त्यहीँ पुग्दा केही थप कुरा थाहा भयो। मुक्तिनाथ सरको बिदाइको यो स्थललाई नेपालका हिमालहरूले पहरा दिएका रहेछन्; शिर ठाडो गरेर हेर्नुपर्ने एकातिर मनास्लु, हिमालचुली, बौद्ध र डा.हर्क गुरुङले नाम दिएको ङादीचुली। अर्कातर्फ लमजुङ हिमाल, माछापुच्छ्रे तथा सम्पूर्ण अन्नपूर्ण हिमशृंखला। मानौं व्यक्तिहत्याको शृंखलालाई त्रास, अन्यौल र मौनतामा डुबेको बौद्धिक जगत बाबजुद नेपालका हिमालय साक्षी छन्। बिर्सन दिने छैनन्।

किन व्यक्ति हत्या ?

आखिर किन गर्‍यो माओवादीले नागरिकको हत्या? माओत्सेतुङद्वारा प्रतिपादित जनयुद्ध कार्यक्रममा सर्वसाधारणलाई यातना नदिनू भन्ने निर्देशन छ। एक त २०५२ सालमा लोकतन्त्र आगमनको ६ वर्ष नबित्दै ऐतिहासिक उत्पीडनलाई खलास पार्न सशस्त्र द्वन्द्व आवश्यक थियो भन्ने माओवादी नेतागणको दाबी स्विकार्न गाह्रो छ। लडाइँ गर्नु नै थियो भने त्यो राज्यसत्ता तथा सुरक्षा फौजतर्फ लक्षित हुनुपर्नेमा निहत्था, निर्दोष स्थानीय अगुवा, शिक्षक, समाजसेवी, कार्यकर्ता, व्यापारी, बौद्धिकको हत्या गर्ने औपचारिक तरिका अपनाइयो। नेपालको माओवादीले अग्रज ठानेका ७० को दसकका भारतका नक्सालवादी व्यक्तिहत्या (टार्गेटेड किलिङ)मा लागेका थिएनन्।

नेपाली माओवादी नेतृत्वको ‘कार्यनीति’ प्रस्ट छ : आफ्नो हैकम जमाउन नागरिक मार्दै हिँडेको। सत्ता कब्जाका लागि नेपाली भूमिको भौगोलिक विशेषता तथा जिल्लाका कुनाकन्दरामा सरकारी अनुपस्थितिको फाइदा लिँदै स्थानीय सामाजिक नेतालाई दबाउने, तर्साउने नीति उसले लियो। नदबिने र नतर्सिने अगुवा कोही निस्किए, निर्ममताका साथ यातना दिने या सफाया गर्ने नियत उसको रह्यो। एउटा हत्याकाण्ड मच्चाउँदा दसौं हजार जनतालाई भयको वातावरणमाझ नियन्त्रण गर्न सक्ने हुनाले भेकभेकमा यस्तै गर्‍यो माओवादीले। मुक्तिनाथ सरलाई मारेर लमजुङ जिल्लामा पनि उसले यसै गर्‍यो।

भयको वातावरण आजसम्म छँदैछ जिल्लामा। संक्रमणकालीन न्यायको अभाव, शान्तिप्रक्रियाको कमजोरी तथा केन्द्रका बौद्धिकहरूको लाचारीले आजसम्म गाउँबासीको मुखमा पट्टी लागेको छ। कसले मार्‍यो मुक्तिनाथ सरलाई, सबैलाई थाहा छ तर कसैले किटानी जाहेरी दिन सक्ने अवस्था छैन, न त आगन्तुक पत्रकारलाई बताउने। बल्लबल्ल एउटा स्मृतिसभा गर्न सक्ने अवस्था जुरेको छ, समयचक्र घुम्दै जाँदा।

मुक्तिनाथ सरको हत्यापश्चात धेरै वर्षसम्म काठमाडौंको पद्मकन्या कलेजको एउटा सानो कोठामा स्मृतिसभा आयोजना गर्न मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान बाध्य रह्यो। नागरिक अगुवा र राजनीतिज्ञ बिरलै आउने त्यो कार्यक्रममा मुख्यतः आफन्त र विस्थापित गाउँबासीको उपस्थिति रहने गर्थ्यो। यसपाला दुराडाँडा गाउँकै पाणिनी संस्कृत माध्यमिक विद्यालयको प्रांगणमा समारोह आयोजना भयो, नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताको उपस्थितिमा। तर पनि सहभागिता पातलो नै रह्यो। भयको राज भएको गाउँबाट धेरै पलायन भइसके भने अझै पनि स्थानीय तवरमा भौतिक, सार्वजनिक, राजनीतिक हिंसाको डर छँदैछ। नत्र हिंसाविरुद्ध गरिएको त्यो स्मृति समारोहमा सयौंमात्र होइन, हजारौं उपस्थित हुने थिए। आउँदा वर्षहरूमा होलान् पनि।

पीडितका प्रतिक

नौ वर्षपपछि पहिलो पटक स्मृतिसभा गर्दैगर्दा मुक्तिनाथ सरको निकटतम सम्झनामा सबै स्तब्ध थिए। सार्वजनिक विलापको मौका पहिलो पटक जुरेको थियो। र, हिजैमात्र त्यो सभास्थलसामुन्ने रहेको कक्षाकोठाबाट उनलाई लगेको जस्तो स्थानीयबासीलाई लागेको थियो। मुक्तिनाथ सरका मित्र शिक्षक ठाकुरप्रसाद तिवारी माइकमा त गए तर भक्कानो फुट्यो र रुँदै ‘मनमा धेरै कुरा छ तर केही भन्न सकिनँ’ भन्दै लत्रक्क बसे बेन्चमा। उता मुक्तिनाथ सरकी श्रीमती इन्दिरा अधिकारी छेवैमा खास्टोले मुख छोप्दै, आँसु पुछ्दै थिइन्।

मुक्तिनाथ सरले २०५७ को दसैं पेस्कीको कुनै अंश स्थानीय माओवादीलाई दिन इन्कार गरेलगत्तै स्कुलका सबै शिक्षकले सामुहिक निर्णय गरेका थिए चन्दा नदिने। स्थानीय कमिसारलाई त्यो स्वतन्त्रताको संकेत सैह्य भएन, विशेषगरी ‘गोली किन्नलाई पैसा दिन्नँ’ भन्ने मुक्तिनाथ सरको भनाइ सुनेपछि। ‘उहाँलाई घिसार्दै हत्या गर्न लाग्दा पनि ‘चन्दा’ दिन राजी हुनुभएको भए उहाँ बच्ने सम्भावना थियो तर माओवादी ज्यादतीअगाडि उहाँ घुँडा टेक्न तयार हुनुभएन,’ स्मृतिसभामा अधिकारकर्मी सुशील प्याकुरेलले भने।

जनमानसको चासोका कारण मुक्तिनाथ अधिकारी लमजुङमात्र नभई देशभर हत्याका सिकार निर्दोषहरूको प्रतिक बनेका छन्। उनको मरणले लमजुङमै मारिने सामाजिक अगुवा तथा सर्वसाधारणको समेत प्रतिनिधित्व गर्छ। इशानेश्वर घर भएका केदार घिमिरेलाई मुक्तिनाथ सरको हत्याको ३ दिनपछि ६ माघ २०५८ मा मारियो। ११ असार २०५९ मा अर्जुनप्रसाद घिमिरेलाई घरबाट अपहरण गरी सुराकी र भ्रष्टाचारको आरोप लगाई आफ्नै स्कुल प्रांगणमा लगियो। दुवै खुट्टा र पैतालामा फलामे किला ठोकी हिँड्न भनियो, नसकेपछि गोली हानी हत्या गरियो। केदार घिमिरे तथा अर्जुनप्रसाद घिमिरेलाई मुक्तिनाथ सरकै हत्या गर्ने टोलीले सफाया गरेको देखिन्छ।

अन्यत्र, १५ माघ २०५८ मा जिताका स्वास्थ्य कार्यकर्ता चिनबहादुर थापालाई चरम यातना दिएर हत्या गरियो। मोहनसिंह घिमिरेलाई ९ असोज २०६१ मा हत्या गरियो भने केही दिन मात्र पछि नन्दजंग गुरुङलाई १५ असोजमा। १६ माघ २०६१ मा परेवाडाँडाका तिलकराज पाण्डे मारिए भने ६ असोज २०६१ मा उही गाउँका व्यापारी मोहनलाल श्रेष्ठलाई बन्दुकको गोली बचाउन भनी दाउराले पिटीपिटी मारे। मोहनलाल कुनै दल वा समूहको नपरेको हुनाले आजसम्म उहाँको मरणले परिवारजनबाहेक अरूलाई छोएको छैन।

Labels: ,

बालुवा बोक्ने राङदान तामाङ बने करोडपति ।।

एकजना महिला टोकरीमा अण्डा बोकेर बेच्न बजार जान्छिन् । अण्डा बेचेर धेरै अण्डा पार्ने कुखुरी किन्ने, धेरै अण्डा बेचेर गाई किन्ने, दूध बेच्ने र क्रमश धनी, झन धेरै धनी बन्ने कल्पना गर्छिन् ।

यस्तै कल्पनामा डुबेर हिँड्दा एउटा ढुंगामा ठेस खाएर लड्छिन्, सबै अण्डा फुट्छ ।

निकै चर्चित छ यो कथा । अनावश्यक सपना देख्न हुँदैन भन्ने शिक्षा दिन्छ यो कथाले ।


अब यो कथालाई उल्टो पारौं । अर्थात्, ती महिलाको अण्डा नफुटेको भए, उनले सोंचेजस्तै भएको भए के हुन्थ्यो होला ? मीठो छैन त यो कल्पना ?

अब यथार्थमा

रामेछापको गरिब परिवारका राङदान तामाङ कुनै जमाना काठमाडौंमा खोलामा बालुवा बोक्थे । सबै मानिसले झैं उनले पनि धनी भएको, सफल भएको सपना देख्थे । पछि उनी गाडीमा सहचालक बने । त्यसपछि चालक बने । हिमाल पावर कम्पनीको गाडि चलाउन थाले । मनभित्र धनी र सफल बन्ने सपना थियो । त्यसैले उनले थाले नेटवर्क मार्केटिङ ।

जडिबुटीको औषधी बेच्ने मार्केटिङमा उनले फाइदा हुने देखे । त्यसपछि परिवारका सदस्य, आफन्त, चिनजानका सबैलाई सदस्य बनाउन थाले । निकै राम्रो कमाई हुने आश थियो उनलाई । तर, एकदिन कम्पनी नै भाग्यो । भएभरको पूँजी पनि डुब्यो, सपना पनि भताभुंग भयो अनि अप्ठेरोमा पनि परे ।

टोकरीमा अण्डा बोकेर बेच्न हिँडेकी महिलाको जस्तै भयो राङदानको सपना ।

अण्डा फुटेपछि ती महिलाले के गर्छिन् भन्ने वर्णन कथामा गरिएको छैन । तर, रामेछाप दोरम्बाका यी नायकले भने हरेश खाएनन् । आगोले पोलेको घाउ आगोले सेकेर निको पार्नुपर्छ भने झैं यिनले जडिबुटिकै खेति थाले ।

नेटवर्क व्यवसायबाट ठगिएका थिए ०६५ सालमा, जडिबुटिका विरुवा रोप्न थाले ०६७ सालमा । त्यसपछि उनको सफलता उनी स्वयंलाई सपना जस्तै लाग्छ, उनको कथा पढ्ने तपाईंलाई पनि आश्चर्यमा पार्छ ।

माटोमा सुन

हिमाल कम्पनीको गाडि चलाउँदै उनी दोलाखाको खावा पुगेका थिए । त्यहाँ लौठ सल्लाको खेति भएको सुने । फर्कंदा उनले सात सय विरुवा ल्याएर बारीमा लगाए । दोलखाकै किर्नेबाट अलैंचीको विरुवा ल्याएर लगाए । जहाँ पुग्थे, नयाँनयाँ विरुवा ल्याएर बारीमा लगाउन थाले ।
यसरी जडिबुटिको विरुवा लगाउन किन थालेका थिए भने नेटवर्क व्यवसाय गर्दा त्यो कम्पनीले केही घोडताप्रे राङदानसँग किनिदिएको थियो । उनले गाउँघरबाट घोडताप्रे भेला गरेका थिए । जुडिबुटी विक्री हुन्छ र कमाउन सकिन्छ भन्ने उनले बुझेका थिए । त्यही भएर जडिबुटीका विरुवा लगाएका थिए ।

उनले बारीमा ठूलो ओखतो, बोझो, पदमचाल लगायतका विरुवा लगाए । नेटवर्क मार्केटिङको अवैध कमाईभन्दा माटोमा पसिना बगाउने कमाईमा उनले भविष्य देखे । उनले माटोमा सुन फलेको सपना देख्न थाले । त्यसपछि २०६८ सालमा सैलुङ् एग्रिकल्चर प्रोडक्सन प्रालि दर्ता गरे । फलपूmल, जडिबुटी तथा अन्य विभिन्न कृषि उत्पादन थाले ।

वाफ रे, आम्दानी !

उनले कृषिमा विविधिकरणको रणनीति अपनाए । भविष्यमा जेको मूल्य धेरै आउँछ त्यही खेति गर्न थाले । यही क्रममा उनले किवी फलको महत्व र मूल्य थाहा पाए । धमाधम विरुवा लगाए । अहिले उनको बँगैचामा तीन सय ५० भन्दा धेरै छन् किवीको बोट । कतिपय बोटमा लटरम्म फल लागेर पाकेको छ । कतिपय बोटमा आगामी वर्षमा फल लाग्नेछ । चार प्रजातिका किवी लगाएका छन् ।

उनी किवीको विरुवा पनि बेच्छन् । फर्मले किविका २५ हजार भन्दा धेरै विरुवा उत्पादन गरेको छ । किवी फल बारीमै तीनसय रुपैयाँ किलो र विरुवा ३ सयदेखि ३५० रुपैयाँ गोटामा बेच्छन् । एउटा बोटमा ५० किलोसम्म किवी फल्छ । अब विचार गर्नुस्, उनको आम्दानी कति होला ? यसका लागि तपाईंले क्याल्कुलेटर नै थिच्नुपर्ने हुन्छ ।

जागिर नखाने, जागिर दिने

केही वर्षमै राङदान मालामाल भएका छन्, करोडपति भएका छन् । माथि वर्णन गरियो, उनी हिमाल कम्पनीमा गाडि चलाउँथे । त्यो जागिर चाहिँ के भयो ? त्यो जागिर उनले कृषि फर्म दर्ता गर्नासाथ छाडिदिए । फर्ममै भ्याइनभ्याई भएपछि कसरी जागिर खानु ? उनले जागिर खाने होइन जागिर दिने बाटो रोजे ।

दस जनालाई नियमित रोजगारी दिइरहेका छन् । आवश्यकता अनुसार दैनिक ज्यालादारीमा पनि कामदार राखिरहन्छन् ।

किवि बाहेक लौठ सल्ला, चिया, ग्राउण्ड एपल, रोजमेरी, पाउलोनिया, जटामसी, ठूलो ओखतो, बोझो, पाखनवेद, चिराइतो, पदमचाल, पाँचऔले, वुद्धचित्त लगायतका जडिबुटीका विरुवा उनले बेचिरहेका छन् ।

बंगुर र उन्नत जातका बाख्रा पनि पालेका छन् ।


सपना जस्तो विपना

काठमाडौं र भक्तपुरको सीमामा पर्ने मनोहरा खोलामा बालुवा बोक्ने काम गरेका ती राङदान आज देशकै प्रतिष्ठित किसान भएका छन् । गत वर्ष उनले मध्यमाञ्चलका उत्कृष्ट कृषकका रुपमा राष्ट्रपति पुरस्कार पाए । सपना जस्तै छैन त राङदान तामाङको सफलता ?

आउनुस्, तपाईं पनि आफ्नो सपनाको अण्डाको टोकरी फुट्न नदिनुस्, फुट्यो भने पनि चिन्ता नगर्नुस्, राङदानले जसरी नै प्रयास गरिरहनुस् ।

Labels: ,

महान् वैज्ञानिक स्टेफन हकिन्सका यी १० वाणी, जसले तपाईंको सोच्ने तरिका नै बदलिदिन्छ…

महान् वैज्ञानिक स्टेफन हकिन्सका यी १० वाणी, जसले तपाईंको सोच्ने तरिका नै बदलिदिन्छ… पढिहाल्नोस बेलैमा नपढे झनै पछि परिन्छ……


सन १९७४ मा ‘ब्ल्याक होल’बारे असाधारण अनुसन्धान गरेर त्यसको पूरानो सिद्धान्त नै परिवर्तन गरिदिने वैज्ञानिक स्टेफन हकिन्स विज्ञानको दुनियाँका विख्यात वैज्ञानिक हुन् ।
थाहा पाउँदा तपाईंलाई अचम्म लाग्ला, उनको दिमागबाहेका शरीरका कुनै अंग चल्दैन । उनी प्यारालाइज् हुन् ।आफ्नो सफलताको राज बताउने क्रममा उनले भनेका थिए, ‘यही शारीरिक अशक्तताले मलाई वैज्ञानिक बनयो ।’ यसरी शारीरिक अपाङ्ता हुनुअघि उनी पढाइमा खासै ध्यान दिँदैन थिए । तर, पछि उनका शरीरका प्राय: अंगले काम गर्न छाड्यो । त्यसपछि उनले आफ्नो पूरा दिमाग रिसर्चमा लगाए ।

त्यसैक्रममा उनले ब्ल्याक होलका विषयमा यसअघिका वैज्ञानिकहरुले सार्वजनिक गरेका तथ्यलाई नै झुट सावित गरिदिए र एकाएक सेलिब्रेटी बने ।स्टेफन हकिन्स वैज्ञानिकका अलावा एक दार्शनिक पनि हुन् ।
उनका कैयन यस्ता भनाइहरु छन्, जसले तपाईंको सोच्ने तरिका नै परिवर्तन गरिदिन्छ । आज हामीले उनका यस्ता १० भनाइबारे जानकारी दिँदैछौं ।

1. अब तपाईंलाई कसैले तैंले गल्ती गरिस् भन्यो भने उसलाई भनिदिनुस्, ‘गल्ती गर्नुपनि एक हिसाबले राम्रो कुरा हो, विनागल्ती न तपाईं जीवित रहनसक्नुहुन्छ, न त म ।’

2. ज्ञान यस्तो शक्ति हो, जसले तपाईंमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।

3. मैले नोटिस गरेको छु, यस्ता मानिसहरु जसले सोच्छन् कि भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । यस्ता मानिसहरुले सडकमा पाइला राख्नुअघि पनि हिच्किचाउँछन् ।

4. म एउटा यस्तो बच्चा हुँ, जो कहिल्यै बुढो हुन सकेन । म अझै पनि किन, कसरी भन्ने प्रश्न गर्छु ।

5. जसलाई आफ्नो IQ क्षमताप्रति खुबै घमण्ड हुन्छ, सोच्नुस् तिनीहरु प्राय: हारेका व्यक्ति हुन्छन् ।

6. शारीरिक रुपले विकलाङ्गहरुलाई मेरो सुझाव छ, ‘तपाईंलाई कुनै पनि अंगको कमीले केही राम्रो गर्न रोक्दैन । त्यसैले शारीरिक अशक्ततालाई कहिल्यै दुर्भाग्य नसोच्नुस् । आफ्नो काम गर्ने स्प्रिटमा अपाङ्ता हुनुमात्रै नराम्रो हो, शरीरमा होइन


7.
पछिल्लो ४९ वर्षदेखि मैलै मृत्युको अनुमान लगाइरहेको छु । मलाई मृत्युसँग डर लाग्दैन र मर्ने हतार पनि छैन । मृत्युअघि मैले धेरै काम गर्न बाँकी छ ।

8. आफ्ना बच्चालाई टिप्स दिँदै उनले भनेका छन्, ‘पहिलो कुरा त हमेशा तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिले पनि काम गर्न नछोड, कामले तिमीहरुलाई बाँच्ने आधार दिन्छ । विना काम जिन्दगी खाली-खाली हुन्छ । तेस्रो कुरा त यदि तिमीहरुले जिन्दगीमा कहिले प्रेम अनुभव गर्यौ र त्यसबाट खुसी मिल्यो भने त्यसलाई आफ्नो जिन्दगीबाट कहिल्यै बाहिर नफाल ।

’9. मानिसले सबैभन्दा ठूलो सफलता बात गरेरै पाउँछ, धेरै विफलता पनि बात नगर्नेहरुलाई नै प्राप्त हुन्छ । मानिसलाई हमेशा कुरा गरिराख्नु जरुरी छ ।

अब सोच्नुहोस त! तपाई भित्र के कमि छ।।।।
Watch This

Labels: ,

Tuesday, November 14, 2017

चिसो बाट कसरी बच्ने???

हट साबर : रुघाखोकीका कारण अल्छी लाग्छ र मानिसहरू ओछ्यानमै बस्न रुचाउँछन् । १२ घन्टाभित्र यदि रुघाबाट छुटकारा प्राप्त गर्न चाहने हो भने बिहानीपख हट साबर लिनुपर्छ अर्थात् बिहान उठ्नेबित्तिकै तातोपानीले नुहाउनुपर्छ ।



बेसारयुक्त दूध वा जुस : रुघाका कारण भोक लाग्दैन । नास्ता नगर्दा रुघाका कीटाणु अझ बढी सक्रिय हुन्छन् । यदि रुघाबाट छिटै मुक्ति प्राप्त गर्ने हो भने बिहान नास्ता गर्नुपर्छ । सकिन्छ भने नास्तामा बेसार हालिएको दूध पिउनुपर्छ । दूध पिउने चाहना नभए सुन्तलाको जुस पिउनुपर्छ । सुन्तलामा भिटामिन सी हुन्छ, जसले रुघालाई निको पार्न सहयोग गर्छ । भिटामिन सीले इम्युन सिस्टम पनि बलियो हुन्छ ।



स्टिम : रुघा लाग्दा नाक बन्द हुन्छ । यस्तोमा श्वास लिँदा समस्या हुन्छ । बन्द नाक खोल्न कतिपय अवस्थामा औषधि प्रयोग गर्नुपर्छ । यद्यपि औषधिभन्दा स्टिम लिनु उपयुक्त हो । यो बन्द नाकको प्रभावकारी समाधान हो । यसबाट कफ बाहिर निस्कन्छ र राहत प्राप्त हुन्छ । चाँडै राहत प्राप्त गर्न दिनमा तीन पटकसम्म स्टिम लिनुपर्छ ।



एक्सरसाइज : रुघा लाग्दा शरीरलाई पूर्णरूपमा शिथिल हुन दिनु हँ‘दैन । आफ्नो काम गरिरहनुपर्छ । चाँडै राहत प्राप्त गर्न एक्सरसाइज गर्नुपर्छ । यसबाट ब्लड सर्कुलेसन वृद्धि हुन्छ । जसबाट शरीरमा गर्मी बढ्छ र रुघाबाट राहत प्राप्त हुन्छ । एक्सरसाइजबाहेक बेडबाट उठेर केही

क्षण टहल्नुपर्छ ।



तातो सूप : रुघाबाट राहत प्राप्त गर्न घरमै तयार पारिएको तातो सूप पिउन सकिन्छ । पटक–पटक सूप पिउँदा रुघाबाट राहत

प्राप्त हुन्छ ।



हर्बल चिया : केही समयमै रुघाबाट राहत प्राप्त गर्ने हो भने साधारण चियाको साटो हर्बल चिया सेवन गर्नुपर्छ । यसमा अदुवा, मरिच, तुलसी, दालचिनी आदिको मिश्रण हुन्छ ।



स्पाइसी करी : राति डिनरमा सादा दालको साटो मसलायुक्त तरकारी बनाउनुपर्छ । यसमा अदुवा, लसुनको पेस्टका साथै सबै गरम मसला हाल्नुपर्छ । तातो करीमा हालिने गरम मसलाले रोगप्रतिरोधक क्षमता बढाउँछ ।