Wednesday, August 23, 2017

दार्चुला जिल्लाको कालापानीमा भारत द्वारा सेना परिचालन ,त्रासको स्थिति नेपाल सरखार मौन ।

नेपाल भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको कालापानीमा भारतीय सैनिकले आपनो गतिबिधि बढाएको छ । पछिल्लो केहिदिन यता भारतीय सेनाले विबादास्पद कालापानीमा सैनिक गतिबिधि बढाएपछि स्थानीयमा त्रास फैलिएको छ । चीनले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिति बढाउने चर्चा भई रहेका बेला भारतीय पक्षले आफ्नो उपस्थिति र सकृयता बढाएको हो ।भारतको धारचुलामा रहेको गोर्खा रेजिमेन्टको ब्यारेकबाट भारतीय सेनाको हेलोकप्टरबाट दैनिक जसो सैनिक ओसार्ने गरेको स्रोतले बताएको छ । भारतीय दैनिक पत्रिका नव भारत टाईम्सले पनि दोक्लाम बिबादपछि भारतले चीनसंग सीमा जोडिएका क्षेत्रमा सैनिकको संख्या बढएको पुष्टि गरेको छ । चिनिया सैनिकले गरेको गतिबिधि देखेर भारतले एक हजार चार सय किलोमिटर लामो चीन भारत सीमा क्षेत्रमा सैनिकको संख्या बढाएको हो ।सन १९६२ मा चीन र भारत बीच युद्ध भएको थियो । सो युद्धमा भारतले ठूलो क्षति समेत बेर्होनु परेको थियो । त्यस्तै नेपाली पक्षबाट पनि पटक पटक कालापानी छोड जस्ता अभियान र चर्का जुलुस गरी केन्द्रकै टोली जिल्ला सदरमुकाम खलंगा आउनेहरुलाई भारतीय सेनाले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत बर्ष चीन भ्रमणमा गएको वेलामा कालापानीलाई दुई देशको व्यापारिक नाका बनाउने सहमति गरेपछि नेपालमा त्यसको बिरोध हुँदै आएको छ ।दार्चुला : नेपाल भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको कालापानीमा भारतीय सैनिकले आपनो गतिबिधि बढाएको छ । पछिल्लो केहिदिन यता भारतीय सेनाले विबादास्पद कालापानीमा सैनिक गतिबिधि बढाएपछि स्थानीयमा त्रास फैलिएको छ । चीनले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिति बढाउने चर्चा भई रहेका बेला भारतीय पक्षले आफ्नो उपस्थिति र सकृयता बढाएको हो ।



                                       नेपाली भूमिमा भारती आर्मिको ज्याजाति

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home