Monday, November 20, 2017

पानी कसरी पिउने ?



शरीरलाई खानाजस्तै पानी पनि आवश्यक छ । शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ । शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्न सक्छ ।
हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विजातिय तत्व बाहिर निकाल्न पानीको भुमिका रहन्छ । शरीरको ७६ प्रतिशत भाग पानीले बनेको हुन्छ ।
पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपनजस्ता गुणहरू हुन्छन् । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असर देखा पर्न सक्छन् ।
गलत जीवनशैली विषसमान
प्रायः मानिस उषापानको बदलामा अत्यधिक चियाको प्रयोग तथा धुम्रपान गर्ने गर्छन् । बिहान उठ्नेवित्तिकै र राति अवेरसम्म टेलिभिजन हेर्ने, रेडियो सुन्ने वा पढ्ने गर्छन्, यसले स्वास्थ्यमा असर गरिरहेको हुन्छ ।
कपाल रङ्गाउने, केमिकल मिसावट भएको, तारेको, भुटेकोे मिठाइ तथा अखाद्य पदार्थ जंकफुड तथा पानीको प्रयोग, प्लास्टिकका भाडा अत्यधिक प्रयोग गर्ने जस्ता संस्कृतिले शरीरभित्र धेरै विष तत्व प्रवेश गरिरहेको हुन्छ । यस्ता विकार शरीरबाट बाहिर निस्कन पाएन भने भित्रै जमेर बस्छ, फलस्वरूप विभिन्न अंगहरूमा अल्सर, ट्युमर, स्टोन, क्यान्सर, युरिक एसिड, कब्जियतजस्ता समस्या देखिन्छ । अध्ययन अनुसार अहिले ९० प्रतिशत स्वास्थ्य समम्या निष्काशन प्रक्रियाको गडबडीले भइरहेको छ । कम पानी पिउनाले मुत्राशयको क्यान्सर हुने खतरा रहन्छ ।
शरीरमा पानीको उचित मात्रा कति ?
शरीरमा पानीको मात्रा फोक्सो ९० प्रतिशत, रगत  ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ ।
प्रत्येक मानिसलाई साधारणतया दैनिकरूपमा तीन देखि चार लिटर वा १०/१२ गिलास पानी आवश्यक पर्छ । यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ । यो कुरा व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ ।
धेरै पानी पिए पनि खतरा हुन सक्छ । कम पानी पिए फोहोरलाई बाहिर निष्कासन गर्न गाह्रो पर्छ । जसको पेट सफा हुन्छ, उसलाई रोग लाग्ने सम्भावना कम हुन्छ । ठिक तरिकाबाट पानी पिउनाले बिषाक्त तत्व पनि बाहिर निष्काशन गर्न सक्छ ।
कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ । पानीसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ । फलफूल, सागपात प्रशस्त मात्रामा खाने गर्नुपर्छ । शरीर स्वस्थ राख्न रसिलो फलफूल खानुपर्छ ।
उचित तरिकाले पानी पिउँदा हुने फाइदा
पानी शरीरमा सिंचिंत भइ बल, आय, आरोग्यता र पौष्टिकता प्रदान गर्छ । यसलाई आयुप्रदाता, प्राण र रसायन मानिएको छ । पेट सफा गर्न पानीको महत्वपूर्ण भूमिका रहन्छ । पटक–पटक गरी दिनभर पिएको पानीले क्यान्सरका सेललाई समेत बाहिर निकाल्छ । पानिको उचित प्रयोगले धेरै विकार नष्ट हुन्छन् । दिसापिसाब, पसिना, थुकलगायत माध्यमबाट शरीरको पानी बाहिरिन्छ । शरीरमा पानीको कमी भयो भने विभिन्न रोग लाग्न सक्ने चिकित्सक बताउँछन् ।
बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गान खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ । स्वस्थ छालाका लागि पनि शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ ।
स्वच्छ पिउने पानी ठिक ढङ्गले सेवन गरे र दैनिक कम्तिमा तीन लिटर पानी पिए क्यान्सरलगायत रोगबाट छुटकारा पाइन्छ ।
पानी कम हुँदा देखिने समस्या
पानी कम हुँदा छालामा असर पर्छ । छालामा सुक्खापन आउने, चाउरी पर्नेजस्ता समस्या देखा पर्न सक्छन् । यति मात्रै होइन, शरीरमा एलर्जी हुन सक्छ । रगतको मात्रामा कमी, कमजोर पाचनतन्त्र, शरीरको तापक्रम बढ्ने, महत्वपूर्ण संवेदनशील अङ्गमा असर पर्ने आदि समस्या हुन्छ ।
 लामो समय पानी नपिउँदा कहिलेकाहीँ मानिस बेहोस हुन सक्छ । ठीक समयमा पानी पिउन सकिएन भने ज्यानसमेत जान सक्छ ।
 पानीको मात्रा भएन भने बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा पर्ने हुन्छ ।
 पानीको कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण हुन्छ । पानी एकैपटक धेरै खाँदा किड्नीमा ओभरलोड हुन्छ र समस्या उत्पन्न हुन्छ ।
 शरीरमा पर्याप्त मात्रामा पानी पुगेन भने कब्जियतको समस्या हुन्छ ।
 हामीले पिउने पानीको मात्राअनुसार शरीरको तापक्रम बढ्ने÷घट्ने हुन्छ । पर्याप्त पानी पुग्यो भने तापक्रम बढ्छ, पानी कम भयो भने तापक्रम घट्छ ।
 शरीरमा पानीको कमी भयो भने पेटको अल्सर हुन्छ ।
 जोर्नीमा पानीको मात्रा पुगेन भने शरीर पोल्नुका साथै जोर्नी दुख्ने समस्या बढ्दै जान्छ । त्यसैले पर्याप्त मात्रामा पानी सेवन गर्नुपर्ने हुन्छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home