Thursday, November 16, 2017

महान् वैज्ञानिक स्टेफन हकिन्सका यी १० वाणी, जसले तपाईंको सोच्ने तरिका नै बदलिदिन्छ…

महान् वैज्ञानिक स्टेफन हकिन्सका यी १० वाणी, जसले तपाईंको सोच्ने तरिका नै बदलिदिन्छ… पढिहाल्नोस बेलैमा नपढे झनै पछि परिन्छ……


सन १९७४ मा ‘ब्ल्याक होल’बारे असाधारण अनुसन्धान गरेर त्यसको पूरानो सिद्धान्त नै परिवर्तन गरिदिने वैज्ञानिक स्टेफन हकिन्स विज्ञानको दुनियाँका विख्यात वैज्ञानिक हुन् ।
थाहा पाउँदा तपाईंलाई अचम्म लाग्ला, उनको दिमागबाहेका शरीरका कुनै अंग चल्दैन । उनी प्यारालाइज् हुन् ।आफ्नो सफलताको राज बताउने क्रममा उनले भनेका थिए, ‘यही शारीरिक अशक्तताले मलाई वैज्ञानिक बनयो ।’ यसरी शारीरिक अपाङ्ता हुनुअघि उनी पढाइमा खासै ध्यान दिँदैन थिए । तर, पछि उनका शरीरका प्राय: अंगले काम गर्न छाड्यो । त्यसपछि उनले आफ्नो पूरा दिमाग रिसर्चमा लगाए ।

त्यसैक्रममा उनले ब्ल्याक होलका विषयमा यसअघिका वैज्ञानिकहरुले सार्वजनिक गरेका तथ्यलाई नै झुट सावित गरिदिए र एकाएक सेलिब्रेटी बने ।स्टेफन हकिन्स वैज्ञानिकका अलावा एक दार्शनिक पनि हुन् ।
उनका कैयन यस्ता भनाइहरु छन्, जसले तपाईंको सोच्ने तरिका नै परिवर्तन गरिदिन्छ । आज हामीले उनका यस्ता १० भनाइबारे जानकारी दिँदैछौं ।

1. अब तपाईंलाई कसैले तैंले गल्ती गरिस् भन्यो भने उसलाई भनिदिनुस्, ‘गल्ती गर्नुपनि एक हिसाबले राम्रो कुरा हो, विनागल्ती न तपाईं जीवित रहनसक्नुहुन्छ, न त म ।’

2. ज्ञान यस्तो शक्ति हो, जसले तपाईंमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।

3. मैले नोटिस गरेको छु, यस्ता मानिसहरु जसले सोच्छन् कि भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । यस्ता मानिसहरुले सडकमा पाइला राख्नुअघि पनि हिच्किचाउँछन् ।

4. म एउटा यस्तो बच्चा हुँ, जो कहिल्यै बुढो हुन सकेन । म अझै पनि किन, कसरी भन्ने प्रश्न गर्छु ।

5. जसलाई आफ्नो IQ क्षमताप्रति खुबै घमण्ड हुन्छ, सोच्नुस् तिनीहरु प्राय: हारेका व्यक्ति हुन्छन् ।

6. शारीरिक रुपले विकलाङ्गहरुलाई मेरो सुझाव छ, ‘तपाईंलाई कुनै पनि अंगको कमीले केही राम्रो गर्न रोक्दैन । त्यसैले शारीरिक अशक्ततालाई कहिल्यै दुर्भाग्य नसोच्नुस् । आफ्नो काम गर्ने स्प्रिटमा अपाङ्ता हुनुमात्रै नराम्रो हो, शरीरमा होइन


7.
पछिल्लो ४९ वर्षदेखि मैलै मृत्युको अनुमान लगाइरहेको छु । मलाई मृत्युसँग डर लाग्दैन र मर्ने हतार पनि छैन । मृत्युअघि मैले धेरै काम गर्न बाँकी छ ।

8. आफ्ना बच्चालाई टिप्स दिँदै उनले भनेका छन्, ‘पहिलो कुरा त हमेशा तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिले पनि काम गर्न नछोड, कामले तिमीहरुलाई बाँच्ने आधार दिन्छ । विना काम जिन्दगी खाली-खाली हुन्छ । तेस्रो कुरा त यदि तिमीहरुले जिन्दगीमा कहिले प्रेम अनुभव गर्यौ र त्यसबाट खुसी मिल्यो भने त्यसलाई आफ्नो जिन्दगीबाट कहिल्यै बाहिर नफाल ।

’9. मानिसले सबैभन्दा ठूलो सफलता बात गरेरै पाउँछ, धेरै विफलता पनि बात नगर्नेहरुलाई नै प्राप्त हुन्छ । मानिसलाई हमेशा कुरा गरिराख्नु जरुरी छ ।

अब सोच्नुहोस त! तपाई भित्र के कमि छ।।।।
Watch This

Labels: ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home