Monday, September 11, 2017

दुःख पाउनु छैन भने कहिले नगर्नुहोस् भगवानका यी ५ मूर्तीको दर्शन


हरेकको घरमा भगवानको मूर्ती र तस्बिर हुन्छन् तर निकै कमलाई थाहा हुन्छ कि सबै मूर्ती शुभ प्रभाव दिने किसिमको हुँदैन । वास्तुको अनुसार थुप्रै मूर्ती यस्ता हुन्छन् जसको दर्शन गर्नु मानिसको लागि अशुभ प्रभावको कारण पनि बन्न सक्छ । आज हामी तपाईंलाई भगवानका यस्तो केही स्वरुप र मूर्तीको बारेमा बताउँदै छौं जसको दर्शन गर्नु राम्रो मानिँदैन ।

घरमा भगवानको मूर्ती राख्दा भगवानको पछिल्लो भाग देखिनु हुँदैन । भगवानका् पछिल्लो भाग हेर्नु शुभ मानिँदैन । पूजा कोठामा एउटै भगवानको दुई मूर्ती राख्नु राम्रो मानिँदैन । विशेषगरी, दुई मूर्तीलाई आमने–सामने राख्नु हुँदैन । यसरी राखिएको मूर्ती दर्शन गर्दा पटक–पटक झगडा हुन्छ ।



कुनै मूर्तीसँग तपाईंको गहिरो आस्था हुनसक्छ । तर मूर्ती यदि टुटे फुटेको छ भने त्यसको दर्शन गर्नु राम्रो मानिँदैन । यस्तो मूर्तीको दर्शन वा पूजा गर्नु अशुभ फलको कारण हुनसक्छ । मन्दिरमा भगवानको यस्तो मूर्ती राख्नुपर्छ जसमा भगवानको अनुहार सौम्य र हात आशिर्वादको मुद्रामा हुन्छ । रौद्र र उदास मूर्तीको दर्शन गर्दा नकारात्मक ऊर्जाको संचार हुने गर्दछ । युद्ध गरिरहेको वा कसैको विनास गरिरहेको भगवानको मूर्तीको दर्शन गर्नु हुँदैन । यसो गरिए दुःखको कारण बन्नसक्छ ।

Labels: ,

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home