Monday, September 11, 2017

सागर आलेलाई १ लाख सहयोग गर्ने यी युवती को हुन् ? उनले सहयोग गर्नुको कारण यस्तो पो रहेछ,खुल्यो रह्स्य

एपि वान टेलिभिजनबाट प्रसारण हुने नेपाल कै उत्कृष्ट रियालिटि शो “नेपाल आइडल” को टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आलेलाई सिंगापुरबाट आर्थिक सहयोग गरिएको छ। धरान निवासी हाल सिंगापुरमा रहेकी जेदिन लिम्बूले सागर आलेको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०५०३०२५०५६६ मा नगद रु.एक लाख जम्मा गरेकी छिन।
अरु प्रतिस्पर्धीहरुले कार,नगद राशी पुरस्कार पाउँदा सागर आलेको मनमा खिन्नता बोध हुन सक्छ भन्दै नेपाल आइडलको ग्राण्ड फिनाले सम्म नगद रु.५० लाख जम्मा गरौं भनेर आफ्ना सहकर्मीहरु लाई जेदिनले आग्रह समेत गरेकि छिन्।
आफ्ना मन पर्ने प्रतिस्पर्धी सागर आले नेपाल आइडलको उपाधीको होडबाट बाहिरिए सँगै कतिपय समर्थकहरुको रुवाबासी नै चलेको समाचार विभिन्न सञ्चार माध्यमबाट आइरहेका बेला जेदिनले सम्मान स्वरुप उक्त रकम आलेलाई सहयोग गरेको बताएकी छिन् । जेदीन र सगर आलेको पवित्र सम्बन्ध रहेको छ भने उनि सगर आलेकी फ्यान भएको कारण यसरि सहयोग गरेकी हुन् ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home