म्यानमारका रोहिंग्या मुस्लिमको सहयोगका लागि ७ करोड ७० लाख डलर आवश्यक
अन्तर्राष्ट्रिय म्यानमारका रोहिंग्या मुस्लिमको सहयोगका लागि ७ करोड ७० लाख डलर आवश्यक 5.4K Shares काठमाडौं विद्रोही समूहद्वारा एक महिने युद्दविराम घोषणा भाद्र २५, २०७४ म्यानमारको राखिने राज्यमा जारी हिंसाका कारण मानवीय संकट निम्तिएपछि रोहिंग्या मुस्लिम विद्रोही समूहले एक महिने युद्द विरामको घोषणा गरेको छ । आर्सा नामक विद्रोही समूहले आजबाट लागु हुने गरी युद्द विराम गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । उसले मानवीय सहायतासम्बन्धी संस्थाहरुलाई आफ्नो काम शुरु गर्न समेत भनेको छ । आर्साले सरकारी सेनालाई समेत हतियार बिसाउन आग्रह गरेको छ । यसबारे सरकारी पक्षले कुनै प्रतिक्रिया जनाएको छैन । आर्साले गत अगष्ट २५ मा एउटा प्रहरी चौकीमा आक्रमण गरेपछि हिंसा शुरु भएको हो । त्यसयता भड्कीएको हिंसाका कारण २ लाख ९० हजार रोहिंग्या बिस्थापित भई बंगलादेशको सीमामा शरण माग गरिरहेको बीबीसीले उल्लेख गरेको छ । यसैबीच, संयुक्त राष्ट्रसंघले म्यानमारबाट भागेका रोहिंग्याको सहयोगार्थ ७ करोड ७० लाख डलर आवश्यक रहेको भन्दै सहयोगी नियोगहरुलाई आग्रह गरेको छ । बिस्थापितहरुका लागि खाद्यान्न, पानी तथा स्वास्थ्य सेवाको तत्काल अवाश्यकता रहेको राष्ट्रसंघले जनाएको छ ।
Labels: अंतराष्ट्रीय समाचार


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home